काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। बिहीबार साँझ ५:३० बजे बस्ने गरि ओलीले बैठक बोलाएका हुन्।
प्रधानमन्त्री ओलीले यसअघि गत मंगलबार बिहान बोलाएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि बैठक बस्न सकेको थिएन। त्यसलगत्तै ओलीले ३ जनाको उपस्थितिमा नै बैठक बस्न सक्ने र महत्वपूर्ण निर्णय गर्न सक्ने गरि अध्यादेश ल्याएका थिए।
उक्त अध्यादेशलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद बढेपछि ओलीले फिर्ता लिने बताएका थिए। तर अध्यादेश फिर्ता नहुँदै ओलीले परिषदको बैठक आह्वान गरेका हुन्।