काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संबैधानिक परिषदको बैठक आह्वान गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा हलचल भएको छ। संबैधानिक परिषदसम्बन्धि अध्यादेश फिर्ता लिने सहमति गरेको भोलिपल्ट प्रधानमन्त्री ओलीले बैठक बोलाएपछि नेकपा नेताहरु सशंकित भएका हुन्।
नेकपा स्थायी समिति बैठकले सरकारले मंगलबार ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेपनि अध्यादेश फिर्ता नहुँदै प्रधानमन्त्री ओलीले बैठक डाकेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।
मंगलबार संवैधानिक परिषद्का बहुमत सदस्यको उपस्थितिमा बैठक बोलाउन सक्ने गरी सरकारले अध्यादेश ल्याएको थियो । सरकारको उक्त कदमको चौतर्फी आलोचना भएको थियो।
प्रचण्ड पक्षधर ८३ सांसदको हस्ताक्षर लिएर भीम रावलसहितका नेताहरु संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै शीतलनिवास पुगेपछि ओली अध्यादेश फिर्ता लिन सहमत भएका थिए।