काठमाडौं – संसद्को सार्वजनिक लेखा समितिले ओम्नी कम्पनीले खरिद गरेको मेडिकल सामग्रीमा अनियमितता भएकोले थप छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।
आज बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो। समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत खरिद प्रक्रियामा त्रुटि रहेको बताएको र महँगो मूल्यमा सामान किन्न जिम्मेवारी दिइएको र सामानमा गुणस्तर समेत नभएको भन्दै स्वास्थ्य सेवा विभागले नै खरिद प्रक्रिया रद्द गरेको अवस्थामा थप छानविन गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालेको थियो।
समितिले स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग छलफल गरेको थियो ।
छलफलका क्रममा मन्त्री ढकालले मेडिकल सामाग्री खरिदमा संलग्नता पुष्टि भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताए।