logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • विशेष संरक्षण आवश्यक भएका बालबालिकाको आधारभुत अधिकार सरकारको पहिलो प्राथमिकता : मन्त्री सुडी

    विशेष संरक्षण आवश्यक भएका बालबालिकाको आधारभुत अधिकार सरकारको पहिलो प्राथमिकता : मन्त्री सुडी

    147
    Shares
    विशेष संरक्षण आवश्यक भएका बालबालिकाको आधारभुत अधिकार सरकारको पहिलो प्राथमिकता : मन्त्री सुडी

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले विशेष संरक्षण आवश्यक भएका बालबालिकाहरुको आधारभुत अधिकार सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

    शुक्रबार बालअधिकारको सय वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बालबालिकाहरु देशको भविष्य मात्र नभइ वर्तमानका लागि पनि महत्वपूर्ण रहेको बताए ।

    बालबालिकाको शिक्षा र स्वास्थ्य सरकारको प्राथमिकताको विषय भएको बताए । नेपालको राजनीतिक परिवर्तनसँगै नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३९ र बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालअधिकारको सम्मान, संरक्षण र परिपूर्तिमा राज्यको दायित्वलाई अस्पष्ट कानूनी व्यवस्था राखेको बताए ।

    उनले बालविवाह अन्त्य, बालविवाह श्रमउन्मुलन, शिक्षामा सबैको पहुँच र बालबालिकाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरु हाँसिल गरेको बताए ।

    मन्त्री सुडीले भने, ‘नेपालको सशस्त्र द्वन्द्वको समयमा बालबालिकाको भुमिका निकै महत्वपूर्ण रह्यो । तथा नेपालको राजनीतिक परिवर्तनसँगै नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३९ र बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालअधिकारको सम्मान, संरक्षण र परिपूर्तिमा राज्यको दायित्वलाई अस्पष्ट कानूनी व्यवस्था राखेको छ । हामीले बालविवाह अन्त्य, बालविवाह श्रमउन्मुलन, शिक्षामा सबैको पहुँच र बालबालिकाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरु हाँसिल गरेका छौँ ।

    बालअधिकारको जेनेभा घोषणापत्रको सय वर्ष पूरा भइसकेको अवसरमा बालअधिकारका क्षेत्रमा क्रियाशिल नागरिक संस्था र सञ्जालहरुको संयोजनमा नेपालको बालअधिकार अभियान उपलब्धि एवं कार्यहरुको समीक्षा र आगामी कार्यदिशा विषयमा अध्ययन प्रतिवेदन यहाँहरुसमक्ष पुर्याएकोमा धन्यवाद दिन चाहन्छु । सबै संघसंस्थाहरुलाई बालअधिकारको संरक्षण र प्रवद्र्धनमा अझ सशक्त रुपमा संलग्न हुन आह्वान गर्न चाहन्छु ।

    प्यारा बालबालिकाहरु तपाईंहरु देशको भविष्य मात्र होइन वर्तमानका पनि महत्वपूर्ण अंग हो । तपाईंहरुको अवाजले नीति, योजना, निर्माणमा प्रभाव पार्छ । तपाईंहरुको संरक्षण, शिक्षा र स्वास्थ्य हाम्रो प्राथमिकता हो । विशेष संरक्षण आवश्यक भएका बालबालिकाहरुको आधारभुत अधिकार हाम्रो पहिलो प्राथमिकता हो ।’

    मन्त्री सुडीले बाल अधिकारको संरक्षण र प्रवद्र्धनमा अझ सशक्त रुपमा लाग्न आह्वान गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend