शुक्रबार, फाल्गुन १६ २०८१

शुक्रबार, फाल्गुन १६ २०८१

लामिछानेलाई वीरगञ्ज लगियो, विमानस्थलमा समर्थकको प्रदर्शन

लामिछानेलाई वीरगञ्ज लगियो, विमानस्थलमा समर्थकको प्रदर्शन

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई वीरगञ्ज लगिएको छ । सोमबार रविलाई पोखरा हुँदै काठमाडौँदेखि पर्सा लगेको हो ।

लामिछानेका समर्थकले सिमरा विमानस्थलमा प्रदर्शन गरेका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रहरीले पर्सातर्फ लगेको हो । सो क्रममा सिमरा विमानस्थलमा रविका समर्थकले प्रदर्शन गरेका हुन् ।

रविलाई पुर्‍याउनुअगावै विमानस्थलमा समर्थकहरुको भीड लागेको थियो ।

वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलनमा सभापति रविको समेत संलग्नता देखिएपछि पर्सा जिल्ला अदालतले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्न अनुमति दिएको छ ।

ताजा अपडेट
धेरै पढिएको
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend