शनिबार, चैत्र २ २०८१

शनिबार, चैत्र २ २०८१

संस्कृतिको जगेर्ना फुटेर होइन, जुटेर गरौँ : उपप्रमुख डंगोल

संस्कृतिको जगेर्ना फुटेर होइन, जुटेर गरौँ : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संस्कृतिको जगेर्ना गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छन् ।

आईतबार वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले देशलाई आर्थिक रुपमा सम्पन्न बनाउन र देशको संस्कृतिको जगेर्ना गर्न फुटेर नभइ सबै जुटेर अघि बढ्नुपर्ने बताइन् । उनले ज्यापु समुदायका विभिन्न संस्कृतिमात्र नभएर नेवारसमुदायभित्र रहेका विभिन्न जातजातिका पर्वहरुको उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरिन् ।

उनले देशभरका विभिन्न जातजातिका पर्वहरुलाई पनि उत्तिकै महत्व दिनुपर्ने बताइन् । सांस्कृतिक महत्व बोकेका पर्व, जात्रा सँगसँगै बोलिने भाषा र लेखिने लिपीलाई जीवित राख्नु आजको आवश्यकता भएको बताइन् ।

उनले भनिन्, ‘हामीले देशलाई आर्थिक रुपमा अघि बढाउन र देशको संस्कृतिको जगेर्ना गरिरहने हो भने फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ । सबैजना एकजुट भएर लाग्नुपर्छ । ज्यापु समुदायका विभिन्न संस्कृतिमात्र नभएर नेवारसमुदायभित्र रहेका पनि विभिन्न जातजातिका पर्वहरुको उत्तिकै महत्वपूर्ण भुमिका छ ।

यि सबै पर्वलाई हामीले एकजुट भएर मान्ने र देशभरका विभिन्न जातजातिका पर्वहरुलाई पनि उत्तिकै महत्व दिनुपर्छ । सांस्कृतिक महत्व बोकेका पर्व, जात्रा सँगसँगै हामीले बोलिने भाषा, लेखिने लिपीलाई पनि जीवित राख्नु आजको आवश्यकता हो ।’

उपप्रमुख डंगोलले नेपालका संस्कृतिहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्दै लैजानुपर्नेमा जोड दिइन् ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend