logo

२०८१ पुष १३ शनिबार

logo
  • शनिबार, १३ पुष २०८१
  • औद्योगिक क्षेत्रले भोग्नु परेको समस्या र सुरक्षाका विषयमा सरकार गम्भीर छ : मुख्यमन्त्री कार्की

    औद्योगिक क्षेत्रले भोग्नु परेको समस्या र सुरक्षाका विषयमा सरकार गम्भीर छ : मुख्यमन्त्री कार्की

    217
    Shares
    औद्योगिक क्षेत्रले भोग्नु परेको समस्या र सुरक्षाका विषयमा सरकार गम्भीर छ : मुख्यमन्त्री कार्की

    विराटनगर । औद्योगिक क्षेत्रले वर्तमान समयमा भोग्नु परेको समस्या र औद्योगिक सुरक्षाका विषयमा प्रदेश सरकार गम्भीर रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

    शुक्रबार सुनसरीको इटहरीमा उद्योग संगठन मोरङले आयोजना गरेको व्यवसायिक सुरक्षा र स्वास्थ्य व्यवस्थापन प्रणाली विषयक गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकारले निजि क्षेत्रसंग सहकार्य गरिरहेको जानकारी दिए ।

    No description available.

    उनले अहिले देखिएका समस्या समाधान गर्दै, औद्योगिक कामदारले भोग्नु परेका समस्याहरुका विषयमा गोष्ठीको निष्कर्षले मद्दत पुग्ने बिश्वास व्यक्त गरे । उनले भने ‘राज्यले पहल गर्नु पर्नै विषयमा उद्योग संगठन मोरङले कार्यशालाको आयोजना गरेको छ, यसले भइरहेका समस्या समाधानका लागि ठोस निष्कर्ष निकल्न सहयोग पुग्नेछ ।’

    गोष्ठीको निष्कर्ष सरकारलाई औद्योगिक सुरक्षा र स्वास्थ्य सम्बन्धि नीति बनाउनका लागि समेत कोशेढुंगा सावित हुने उनले बताए ।

    No description available.

    उद्योग संगठन मोरङसँग प्रदेश सरकारले निरन्तर सहकार्य र अन्तरक्रिया गरिरहेको बताउँदै मुख्यमन्त्री कार्कीले भने, ‘लगानी सम्मेलन सफल बनाउन पनि सल्लाह दिँदै आइरहेको छ ।’ उनले पछिल्लो समयमा उद्योग संगठन मोरङले व्यवसायिक कौशलता बढाइरहेकोमा प्रंशसा व्यक्त गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend