logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा सुरु

    नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा सुरु

    161
    Shares
    नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा सुरु

    काठमाडौ । नेपाल—भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी) को बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ ।

    विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक आजदेखि काठमाडौंमा सुरु भएको हो । बैठकमा नेपालले भारतमा वस्तु निर्यातमा देखिएको समस्या समाधानदेखि वाणिज्य सन्धि पुनरावलोकनसम्मका विषय उठान गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताए ।

    उनले भारत नेपालको आयात निर्यात र व्यापारका हिसावले महत्वपूर्ण पार्टनर भएकाले भारतसँगको यस्ता छलफल निकै महत्वपूर्ण हुने उल्लेख गरे । प्रवक्ता बाबुराम अधिकारीले नेपाल भारतबीच केही समयदेखि व्यापार र पारवहनमा देखिएका समस्याहरु समाधान गर्ने विषयमा केन्द्रित भएर छलफल हुने जानकारी दिए ।

    उनले एक अर्को देशको गुणस्तर प्रमाणीकरण गर्ने निकायले जारी गरेको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन सहमति गर्ने, नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिनुपर्ने व्यवस्थालाई नेपालको गुणस्तर तथा नापतौल विभागले दिने गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्ने जस्ता एजेण्डा नेपालको रहेको बताए ।

    उनले बैठकमा भारतका प्रतिनिधिहरु सकारात्मक भएर सहभागि भएकाले बैठक उपलब्धिमुलुक हुने आशा रहेको बताए । उनले नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिन ढिलाई भएको विषयलाई पनि बैठकमा राखिने बताउँदै भारत त्यो विषयमा सकारात्मक रहेको बताए । उनले यो बैठकले नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिन सहज बनाउने विषयमा ब्रेक थ्रु हुने बताए ।

    बैठकमा निजी क्षेत्रले कृषि वस्तुको हकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन माग समेत गरेका छन् । नेपाली निजी क्षेत्रले ढुवानीको लागत घटाउन, विराटनगर–सुनौली–नौतनवा रेल सेवालाई निरन्तरता दिन र थप बन्दरगाहमा नेपालको पहुँच पुर्याउने विषयलाई प्राथमिकता दिन सुझाव दिएका छन् । नेपाल–भारत वाणिज्य सचिवस्तरको आज र भोली चल्ने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend