logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • निजी क्षेत्रले दिएको सुझावहरुलाई अटेरी गर्दा अर्थतन्त्र खुम्चियो : अध्यक्ष ढकाल

    निजी क्षेत्रले दिएको सुझावहरुलाई अटेरी गर्दा अर्थतन्त्र खुम्चियो : अध्यक्ष ढकाल

    294
    Shares

    पोखरा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंकमा प्रशस्त तरलता हुँदा पनि लगानी हुन नसक्नुमा आम नागरिकमा आत्मविश्वासको कमी रहेको बताएका छन् ।

    उनले कोभिडपछि अर्थतन्त्रको गतिका लागि निजी क्षेत्रले बजेट र मौद्रिक नीतिमा दिएको सुझावहरुलाई वेवास्ता गरेको गुनासो पनि गरे । उनले भने, ‘निजी क्षेत्रको तर्फबाट हामीले सधैँ सुझावहरु दिने गरेका थियौँ । कोभिड पछाडि पनि चाहे बजेटमा भनौँ या मौद्रिक नीतिमा भनौँ निजी क्षेत्रको तर्फबाट धेरै नै सुझावहरु दिएका थियौँ । ती सुझावहरुलाई पोलिसी मेकरहरुले निजी क्षेत्रकै फाइदाको लागि हो भन्ने ट्रेडिसनल दृष्टिकोणले हेर्नुभयो । त्यो दृष्टिकोणले गर्दा हामीले दिएको सुझाव अनुसारको पोलिसीहरु बनेनन् । ’

    सञ्चार प्रतिष्ठान सुनौलो नेपालद्वारा आयोजित ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ शीर्षकमा जारी प्यानल डिस्कसन कार्यक्रम अन्तर्गत ‘गण्डकी, पर्यटन र राष्ट्रिय अर्थतन्त्र’ शीर्षकमा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रले दिएको सुझावलाई अटेरी गर्दा अर्थतन्त्रको क्रियाकलाप खुम्चिएर गएको दाबी गरे । उनले भने, ‘अहिले सिस्टम नबिग्रिने गरी नीतिमा केही न केही सहजीकरण गर्यौँ भने मात्र अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ ।’

    कार्यक्रमको प्रमुख अतिथिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ र विशेष अतिथिमा पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे रहेका छन् ।

    कार्यक्रमको मुख्य प्रायोजक ग्लोबल आइएमई बैंक र रारा चाउचाउ रहेका छन् । स्फटी हाइजिन, आइएसएमटी कलेज, ओम मेगाश्री फर्मास्युटिकल्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) सहयोगी रहेका छन् । कार्यक्रम सहयोगीमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरापालिका र नेपाल पर्यटन बोर्ड रहेका छन् ।

    रेष्टुरेन्ट पाटर्नरमा अलेब कबाब, एयरलाइन्स पाटर्नरमा यती र बुद्ध एयर, ट्राभल पाटर्नर एमडी एड्भेन्चर ट्राभल एण्ड टुरिजम, एजुकेसन पाटर्नर काठमाडौँ मेडिकल कलेज र ग्राफिक्स पाटर्नर क्रियटिभ आईडियाज रहेका छन् ।

    कार्यक्रम सुनौलो नेपालको आधिकारिक युट्युब च्यानल सुनौलो नेपाल टिभी, न्युज २४ टेलिभिजन र पब्लिक फोरके टेलिभिजनबाट एकसाथ प्रत्यक्ष प्रसारण भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend