logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • ‘पोखरा विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न लागि परेका छौं’ : मन्त्री पाण्डे

    ‘पोखरा विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न लागि परेका छौं’ : मन्त्री पाण्डे

    182
    Shares
    ‘पोखरा विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न लागि परेका छौं’ : मन्त्री पाण्डे

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले भैरहवा र पोखरा विमानस्थललाई चलायमान बनाउन पूर्ण रुपमा प्रयत्न गरिहेको बताएका छन् ।

    सञ्चार प्रतिष्ठान सुनौलो नेपालद्वारा आयोजित ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ शीर्षकमा जारी प्यानल डिस्कसन कार्यक्रम अन्तर्गत ‘गण्डकी, पर्यटन र राष्ट्रिय अर्थतन्त्र’ शीर्षकमा बोल्दै मन्त्री पाण्डेले यी दुई विमानस्थल सञ्चालनका लागि सरकारले एयरलाइन्सलाई सहज होस् भनेर विभिन्न सहुलियत दिएको बताए ।

    उनले भने- ‘भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि सरकारले निरन्तर प्रयास गरिरहेको छ, एयर लाइन्सहरुलाई सहुलियत दिएको छ, विमानस्थल पूर्ण रुपमा चलाउन भारत र चीन सरकारसँग निरन्तर छलफल गरेका छौँ । उहाँहरु सकारात्मक हुनुहन्छ । आशा गरौँ परिणाम छिट्टै देखिने छ ।’

    उनले चीनलाई सेवा स्थापित गर्न आग्रह गरेको बताउँदै भने- ‘चीनसँग छलफल गर्दा रित्तो एयरलाइन्स कसरी आउनु भन्छन् । सेवा स्थापित गर्यो भने त्यसपछि सेवाग्राही आउने हो भनेर विश्वास दिलाएका छौँ र सोही अनुसार प्रस्ताव गरेका छौ । नेपाल एयरलाइन्स र हिमालयन एयर लाइन्सनलाई सांकेतिक भएपनि उडान गर्दिनुस् भनेर आग्रह गरेका छौ ।’

    उनले हिमालयन एयरलाइन्सले पोखरा लासा उडानका लागि सम्पूर्ण तयारी गरिरहेको बताए । त्यसको स्वीकृतिका लागि काम भैरहेको बताउँदै केही महिना भित्रै हिमालयनले पोखरा लासा उडान भर्ने जानकारी दिए ।

    नेपाल एयरलाइन्सलाई अन्यत्रको उडान कटान गर्न लगाएर भएपनि कुनै एउटा क्षेत्रमा उडान गर्दिन आग्रह गरेको मन्त्री पाण्डेको भनाई छ । बुद्धले पनि भारतमा छिट्टै उडान भर्ने उनले बताए ।

    उनले पोखरा विमानस्थल पूर्ण रुपमा सञ्चालन भएन भनेर निरासा पैदा गर्ने काम नगर्न आग्रह गर्दै भने- ‘ धेरै निरासा पैदा गर्ने काम गर्नु हुँदैन । चलेन भन्ने बजारीकरण धेरै गर्न भएन । आन्तरिक मेहनत गरौँ, बाधा छिचोल्दै जाउँ यी विमानस्थलले छिट्टै उडान भर्नेछन् ।’

    उनले भने- ‘यो विमानस्थले ५० वर्ष सेवा दिन्छ, यसलाई चलायमान गर्ने कुरामा हामी सक्छौ सम्भव छ भनेर सकारात्मक सम्प्रेषण गर्नुपर्छ । प्राविधिक समस्या चिर्दै चीनबाट विभिन्न उडान आएर गएका छन् । यसको भविष्य सुन्दर छ ।’

    निजी क्षेत्रको उत्साहलाई सहि नीति बनाइदिएर लगानी गर्ने वातावरण बनाइदिन सरकार अग्रसर भएमा विमानस्थल चल्नुका साथै पोखर र गण्डकीको मात्र नभई समग्र देशको पर्यटन माथि उठ्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend