logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • पर्यटनबाट छिट्टै लाभ लिन निजी क्षेत्रलाई नेतृत्वदायी भूमिका दिनुपर्छ : दिपक राज जोशी

    पर्यटनबाट छिट्टै लाभ लिन निजी क्षेत्रलाई नेतृत्वदायी भूमिका दिनुपर्छ : दिपक राज जोशी

    168
    Shares
    पर्यटनबाट छिट्टै लाभ लिन निजी क्षेत्रलाई नेतृत्वदायी भूमिका दिनुपर्छ : दिपक राज जोशी

    काठमाडौ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले माउन्टेन टुरिजमको प्रचार प्रसार अहिलेको आवश्यकता रहेको बताएका छन् ।

    सञ्चार प्रतिष्ठान सुनौलो नेपालद्वारा आयोजित ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ शीर्षकमा जारी प्यानल डिस्कसन कार्यक्रम अन्तर्गत ‘गण्डकी र राष्ट्रिय पर्यटन’ शीर्षकमा बोल्दै प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले पर्यटन क्षेत्रमा साहसि र पर्यटकीय क्षेत्रमा भएको छवि अब माउन्टेन टुरिजमा पनि आवश्यक रहेको बताए ।

    उनले पर्यटनबाट लाभ लिनका लागि संंस्कृति र सभ्यताको प्रचार प्रसारसँगै, जंगल सफारि लगायत खानका परिकारलाई पनि सँगै प्रवद्र्धन गर्न सकेमा पर्यटन क्षेत्र धेरै अघि बढ्ने बताए । उनले सहज वातावरणको आवश्यकता पछिल्लो समय चुनौतिको विषय रहेको बताउँदै भने- ‘जहाँ सहजै पुग्न सकिन्छ त्यहाँ धेरै मात्रामा पर्यटक पुगेको पाइन्छ, जहाँ सहज हो त्यहाँ जाने प्रचलन बढेको छ । त्यसैले बाटोमा पनि ध्यान दिएर विकास गर्नुपर्छ ।’

    उनले इ भीजा र भिजाका लागि अनलाई पेमेन्ट नहुँदा झनै समस्या भैरहेको बताए । उनले भने- ‘पूर्वाधार आवश्यक छ । पर्यटकको क्वालिटी खर्चका लागि क्वालिटी लगानी चाहियो । ठूलो मात्रामा लगानी आवश्यक छ । बजार पहिचान गरेर पर्यटन प्रवर्दन गर्नुपर्छ ।’

    २० वर्ष अघिको टुरिजमबाट धेरै सिक्नुपर्ने बताउँदै उनले टुरिजम क्षेत्रलाई इभेन्ट आयोजनाले धेरै सहयोग मिलेको बताए । उनले भने- ‘अहिले पोखरामा धेरै इभेन्टहरु भएका छन् जसका कारण चहलपहल हुँदा आन्तरिक पर्यटक प्रवर्द्धनमा सहयोग पुगेको छ ।’

    उनले निजी क्षेत्रलाई नेतृत्वको भूमिका दिने र अरु स्टेक होल्डरहरुले उहाँहरुको आवश्यकतालाई सहजीकरण गर्दिएमा पर्यटनबाट छिट्टै लाभ लिन सकिने बताए ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend