logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • पोखरा विमानस्थल बरदान हो : अञ्जन श्रेष्ठ

    पोखरा विमानस्थल बरदान हो : अञ्जन श्रेष्ठ

    336
    Shares
    पोखरा विमानस्थल बरदान हो : अञ्जन श्रेष्ठ

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले पोखरा विमानस्थल बरदान भएको बताएका छन् ।

    सुनौलो नेपालद्वारा आयोजित प्यानल डिस्कसन कार्यक्रम ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ अन्तर्गत पोखरामा पर्यटनका थप सम्भावना शीर्षकमा बोल्दै उनले पोखरा विमानस्थल २१ अर्ब ऋणको बोझ नभई बरदान भएको बताएका हुन् । उनले भने- ‘पोखरा विमानस्थल बरदान हो, २१ अर्ब ऋणको बोझ हैन ।’

    उनले पर्यटन क्षेत्रलाई उद्योग सरह मान्यता दिनुपर्नेमा जोड दिए । पर्यटन क्षेत्र शशक्त क्षेत्र रहेको बताउँदै पर्यटन क्षेत्रलाई प्राथमितका राखेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताए । त्यसकालाई उद्योग वाणिज्य महासंघ सधै सहयोग गर्न तयार रहेको उनको भनाई थियो ।

    उनले निजी क्षेत्रले सम्भावनाको पनि खोजि गर्ने बताउँदै भने- ‘निजी क्षेत्रले सधै अवसर मात्र खोज्दैन सम्भावनाको पनि खोजि गरेर अघि बढ्छ ।’

    उनले पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहेको बताउँदै विमानस्थले पोखरामा नयाँ अवसरहरु सिर्जना गरेको धारणा राखे । उनले पोखरालाई मुख्य गन्तव्य बनाउने अवसर धेरै रहेको बताउँदै एड्भान्चर ट्रिजाममा नयाँ सम्भावना देखिएकाले यस क्षेत्रको खोजिमा लाग्नु पर्ने बताए ।

    उनले पोखरा विमानस्थलाई सबै डोमेस्टीक विमानस्थलसँग जोड्न सकेमा धेरै फाइदा हुने बताए । सिधै पोखरा आउन नसकेको पर्यटकलाई डोमेस्टीक टु डोमेस्टीक उडानबाट तान्न सकिने उनको भनाई थियो ।

    उनले पोखाराका पर्यटन व्यवसायी बजारीकरणमा लाग्न आग्रह गरे । उनले भने- ‘पोखरा र भैरहवा विमानस्थलका लागि बजारीकरण गर्न कन्जुसाई नगरौँ ।’

    उनले पोखरामा पर्यटक तान्न उडानदेखि होटल व्यवसायीले समेत विभिन्न प्याकेजका अफर ल्याउनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend