logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • सुनौलो नेपालको ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ प्यानल डिस्कसन सम्पन्न, कसले के भने ?

    सुनौलो नेपालको ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ प्यानल डिस्कसन सम्पन्न, कसले के भने ?

    322
    Shares
    सुनौलो नेपालको ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ प्यानल डिस्कसन सम्पन्न, कसले के भने ?

    पोखरा । सञ्चार प्रतिष्ठान सुनौलो नेपालले पोखरामा ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ नामक प्यानल डिस्कसन कार्यक्रम सम्पन्न गरेको छ ।

    सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख अतिथि रहेको कार्यक्रम तीन सेसनमा सम्पन्न भएको हो । कार्यक्रम अन्तर्गत पहिलो सेसनमा ‘गण्डकी र राष्ट्रिय पर्यटन शीर्षक’ माथि चर्चा भएको थियो । जसमा राष्ट्रिय योजना आयोगका पूर्वाध्यक्ष डा. मीन बहादुर श्रेष्ठ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी वक्ताका रुपमा थिए । यो सेसनमा नेपाल वायुसेना निगमका पूर्व महाप्रबन्धक डिमप्रकाश पौडेलले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

    त्यस्तै दोस्रो सेसन ‘पर्यटन, पोखरा विमानस्थल र राष्ट्रिय अर्थतन्त्र’ मा केन्द्रित रह्यो । यस शीर्षकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका संयोजक रामेश्वर खनाल र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल वक्ता थिए भने नबिल बैंकका सिनियर डिसिइओ मनोज ज्ञवालीले सहजता गरेका थिए ।

    कार्यक्रमको तेस्रो सेसनमा ‘पोखरामा पर्यटनका थप सम्भावना’ बारे चर्चा गरिएको थियो । यस सेसनमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा, नेपाल उद्योगव वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, पर्यटन व्यवसायी पोम नारायण श्रेष्ठले वक्ताको भूमिकामा थिए । तेस्रो सेसनलाई सञ्चारकर्मी सुमन ढुंगानाले सहजता गरेका थिए ।

    कार्यक्रममा कसले के भने ?

    पोखरामा एयरपोर्ट नै चल्दैन भन्ने एयरलाईन्सले नै सबैभन्दा धेरै उडान भरिरहेको छ : सञ्चार मन्त्री गुरुङ

    निजी क्षेत्रले दिएको सुझावहरुलाई अटेरी गर्दा अर्थतन्त्र खुम्चियो : अध्यक्ष ढकाल

    गण्डकीको पर्यटनले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने छ : स्वास्थ्य मन्त्री पाठक

    पर्यटन प्रवर्द्धनका लागि नबाझिने पर्यटनमैत्री नीति आवश्यक छ : पहाडी

    ‘पोखरा विमानस्थलको आयु लामो छ, अहिले नै आत्तिनुपर्ने अवस्था छैन’ : रामेश्वर खनाल

    पोखरा विमानस्थल बरदान हो : अञ्जन श्रेष्ठ

    पर्यटनबाट छिट्टै लाभ लिन निजी क्षेत्रलाई नेतृत्वदायी भूमिका दिनुपर्छ : दिपक राज जोशी

    ‘पर्यटनसँग जोडिएका जोखिमलाई कम गर्नुपर्छ’

    गण्डकी प्रदेश पर्यटनको राजधानी हो, अर्थतन्त्रको मुख्य आधार यही हुनुपर्छ : मेयर आचार्य

    पोखरा विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न लागि परेका छौं : मन्त्री पाण्डे

    सरकारले उद्योगीहरुका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्छ : मन्त्री थापा

    पोखरामा एयरपोर्ट नै चल्दैन भन्ने एयरलाईन्सले नै सबैभन्दा धेरै उडान भरिरहेको छ : सञ्चार मन्त्री गुरुङ

    पोखरा विमानस्थलले सम्भावनाका अनगिन्ती ढोका खोलिदिएको छ : महानिर्देशक अधिकारी

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend