logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • एनएमसीमा नयाँ विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण

    एनएमसीमा नयाँ विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण

    147
    Shares
    एनएमसीमा नयाँ विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण

    काठमाडौं । नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा भर्ना भएका चिकित्सा शिक्षाका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै शैक्षिक अभिमुखीकरण कार्यक्रम गरेको छ । कलेजले आज एमविविएस, विडिएस, विएस्सी नर्सिङ, विएस्सी ल्याव मेड तथा विएस्सी एमआइटीमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको हो ।

    कार्यक्रमका प्रमुख अतिथी समेत रहेका कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले विद्यार्थीहरुले प्राप्त गर्ने सफलताले नै कलेजले शैक्षिक मानक बनाउने भएकोले मेहनत गरेर अध्ययन गर्न सुझाए । सफलता प्राप्त गर्न लगनशीलता र मेहनत जरुरी भएको बताउँदै प्रा.डा. अन्सारीले मेडिकल शिक्षामा किताबी ज्ञान बुझेर मात्र नहुने व्यवहारिक र प्रयागात्मक विधि बुझ्न जरुरी रहेको जिकीर गरे ।

    विद्यार्थीको सिकाईका लागि कलेजले हरदम सहयोग गर्ने बताउँदै आफ्नो धरातल राम्रो बनाउने गरी मर्यादामा रहेर मेहनत गर्न अनुरोध गरे ।

    कार्यक्रममा बोल्दै कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यासमिनले कलेज ब्यवस्थापनका पक्षबाट विद्यार्थीलाई दिनुपर्ने सबै प्रकारका सुविधाहरु उपलब्ध गराईने बताइन् । कलेजमा मेडिकल शिक्षा अध्ययनका लागि राम्रो वातावरण रहेको, फ्याकल्टीहरु अनुभवी र विद्यार्थीमैत्री रहेकोले विद्यार्थीहरुले पनि मेहनत गर्नुपर्ने जिकीर गरिन् । एमविविएसमा भर्ना हुँदा शैक्षिक अभिमुखीकरण कार्यक्रममा बस्दाको क्षणको सम्झना गर्दै उनले सुरुका दिनहरुमा के होला ? कसरी जाने ? अन्यौलता भएपनि दोश्रो वर्षदेखि सहज बन्दै जाने बताइन् । मेडिकल शिक्षामा अनुशासन, मेहनत र लगनशीलता सफलताको प्रमुख आधार रहेको उनको भनाई छ ।

    कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठा, अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्याय, कलेजका बोर्ड अफ डाइरेक्टर शाहनवाज अन्सारी लगायतले विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजको शैक्षिक, प्रशासनिक तथा विषयगत जानकारीहरु प्रदान गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend