विराटनगर । माघ ११ देखि विराटनगरको डिग्री कलेजको मैदानमा सुरु हुने आठौ सस्करणको विराट एक्स्पोले रोजगारीको खोजीमा भौतारिएका युवा युवती र दक्ष कामदारको खोजीमा रहेका उद्योगी व्यवसायिलाई रोजगार कोशी पेभिलियनमा जमघट गराउने भएको छ ।
जमघटमा झण्डै दुई हजार युवायुवतीलाई करिअर काउन्सेलिङ गरेर प्रमाणपत्र दिने देखि करियरको मार्गवृत्तिको अवस्था देखाउदै उपलब्ध रोजगारीका अवसरमा सम्पर्क स्थापीत गर्ने एक्स्पोको लक्ष्य रहेको एक्स्पो आयोजक उद्योग संगठन मोरङले जनाएको छ । त्यती मात्र नभएर एक्स्पोले आईएलओले विकास गरेको अन्तराष्ट्रिय पेशागत मापदण्डका आधारमा काम र कामदार खोजी सहजता प्रदान गर्न जबब्रिज पोर्टलको व्यवस्था गरेर डिजटल कनेक्ट हुने व्यवस्था मिलाउने तयारी गरेको छ ।
त्यसकालागि एक्स्पो आयोजक उद्योग संगठन मोरङले एक्स्पोमा रोजगार कोशी पेभिलियनको व्यवस्था गर्ने तयारी गरेको छ । त्यो पेभिलियन विशेष गरेर हातमा शैक्षीक प्रमाणपत्र र सीप बोकेर रोजगारीकालागि भौतारीएका युवायुवतीलाई दक्ष कामदार र कर्मचारीको खोजीमा रहेका रोजगारदाता उद्योगी व्यवसायीसँग भेट गराएर रोजगारका अवसर सृजनागर्नमा लक्षित हुने संगठन मोरङले जनाएको छ ।
विराटनगरमा अहिले सम्म नाफामूलक औधोगिक र व्यापारिक मेला महोत्सव मात्र हुँदै आएको इतिहास भएकाले त्यो इतिहासलाई चिर्दै यस पटकदेखि डिजिटल कोशी ब्रिजिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट थिममा एक्स्पो आयोजना गरिएको उद्योग संगठनका अध्यक्ष राकेश शुरानाले बताए ।
‘एक्स्पोले यसपटक विशेषगरी युवायुवतीहरुलाई उपयुक्त करिअर काउन्सेलिङ गरिनुपर्दछ भन्ने बिषयलाई मूख्यरुपमा प्रोमोट गर्ने प्रयत्न स्वरुप रोजगार कोशी पेभिलियनको व्यवस्था गरेको हा’, उनले भने, ‘यस पेभिलियनमा हस्पीटालिटी, आईटि र इलेक्ट्रिकलका क्षेत्रमा एक्स्पो अवधीमा १८०० जनालाई प्रत्यक्ष तालिम दिने, प्रमाण पत्र दिने, करियरको मार्गवृत्तीको अवस्था देखाउने, उपलब्ध रोजगारीका अवसरमा सम्पर्क स्थापित गर्ने कार्यक्रम रहेको छ ।’
हस्पिटालिटी अन्तरगत वारिष्ठा र त्यस अन्र्तगत कफि बनाउने तालिम, आईटिमा सिसिटिभी बनाउने र इलेक्ट्रिोनिकमा मोबाईल मर्मतको तालिमका सबै पूर्वाधार सहित प्रत्यक्ष तालिम सञ्चालन गरिने जनाईएको छ । एक्स्पो अवधिमा हरेक दिन २ घण्टा अवधीको तालिम दिनहुँ ३ सिफ्टमा सञ्चालन गरिने छ ।
तालिमपछि प्रमाण पत्र सहित करियर ट्रि मार्फम आगामी दिनको करियरको बाटो देखाउने सचित्र प्रमाण पत्र पनि उपलब्ध गराईने छ । प्रत्येक दिन विज्ञहरुबाट करियर काउन्सेलिङको कक्षा लिइने व्यवस्था मिलाइने अध्यक्ष सुरानाले बताए ।
एक्स्पोकै अवसरमा आयोजक उद्योग संगठनले तालिम लिएका प्रशिक्षार्थीहरुकालागि आईएलओले विकास गरेको अन्तराष्ट्रिय पेशागत मापदण्डका आधारमा काम र कामदार खोजी सहजता प्रदान गर्न जबब्रिज पोर्टल राखी डिजटल कनेक्ट हुने व्यवसथा मिलाउने जनाएको छ ।
व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
विराट एक्स्पो २५ मा विराट बजार विटुवि पेभिलियन औधोगिक र व्यवसायीक विकास तथा व्यवसायीक सहकार्यलागि पनि महत्वपूर्ण हुने जनाईएको छ । यो पेभिलियनमा सबै प्रकारका व्यवसायीहरुले अर्को सम्बन्धीत व्यवसायसँगको व्यवसायीक सहकार्यकालागीे भरपर्दो डिजिटल प्लेटफर्म प्राप्त गर्नेछन ।
यो पेभिलियनमा औद्योगिक विकासका लागी व्यवसायीक विकासका सेवाहरुको इकोशिष्टम अभिबृद्धि गर्न एक्स्पोको मूख्य कार्यक्रमहरु उजागर गर्ने यस पेभिलियनलाई आयोजक उद्योग संगठनले सेन्टर फर एक्सीलेन्सका रुपमा प्रस्तुत गर्दै छ ।
पेभिलियन अन्र्तगत बिटुबि डेष्कमा सबै प्रकारका व्यवसायीहरुले अर्को सम्बन्धीत व्यवसायसँगको व्यवसायीक सहकार्यकालागीे भरपर्दो डिजिटल प्लेटफर्म प्राप्त गर्नेछन । बिशेषगरी एसएमईसहरुसँग अन्य उद्योगहरुको व्यवसायीक सम्पर्क बढाउने गरि यसले काम गर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी बजार प्रवर्धनकालागी मेरो देश मेरै उत्पादन, विजनेश क्लिीनिक, क्युसेफ, जबब्रिज, उद्योग दर्ता प्रकृया तथा स्टेपवाई स्टेप प्रकृया, कानुन ऐन, संघ प्रदेश र स्थानीय तहका करका दर तथा आर्थिक ऐन, बैदेशिक लगानीको प्रकृया लगायतका उद्योग व्यवसायसँग सम्बन्धीत सबै सुचनाहरु भएको एकिकृत सूचना प्रणाली, स्टार्टअप तथा इनोभेशन कार्यक्रम, इनर्जि ईफिसियन्सी कार्यक्रम, ईण्डष्ट्रिज एकेडेमिया लगायत संगठनका कार्यक्रमहरुको डिजिटलाईजेशन भर्सन सहितको एकीकृत सेवाहरुको व्यवस्था यो पेभिलियनमा गरिने छ ।
त्यसैगरी एक्स्पोमा विराट बजार विटुवि प्लेटफर्म पेभिलियनको पनि व्यवस्था हुने छ । यो पेभिलियनले विशेषगरी छरिएर रहेका लघु घरेलु साना उद्योग, स्टार्टअप उद्योगहरुको उत्पादनको बजार खोजी गर्न, ठुला तथा अन्य प्रकृतिका उद्योग व्यवसायहरुसंग व्यवसायीक सम्बन्ध स्थापीत गराउने देखि कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ वा अन्य आवश्यक सामाग्री सहजरुपमा प्राप्त गर्न सहजिकरण गर्न उद्योग संगठनले यो अवधारणा अघि सारेको हो ।
यो अवधारणा अन्र्तगत डिजिटल प्लेटफर्ममा उद्यमी व्यवसायीहरुले आफ्नो चाहाना र आवश्यकता पोष्ट गरेपछि सिष्टमले नै अर्को त्यस्तै सामाग्री खोज्ने वा आपूर्ति गर्ने उद्योगी व्यवसायी चाहाना र आवश्यकतासँग मेल खानेगरी यो प्लेटफम तयार गरिएको संगठनले जनाएको छ ।
विद्यार्थीहरुकालागि करिअर काउन्सेलिङ पेभिलियन
विराट एक्स्पोले औधोगिक र व्यवसायीक प्रवद्धन मात्र गर्ने छैन । एक्स्पोले औधोगिक र व्यवसायीक दक्ष जनशक्तिको उत्पादन देखि रोजगारीका लागि विदेश जाने तयारीमा रहेका शैक्षीक जनशक्तिलाई स्वदेशमै रोकेर रोजगारीका अवसर सृजना गर्ने प्रयत्न पनि गर्ने छ ।
त्यसकालागि उद्योग संगठनले एक्स्पोमा विद्यार्थीहरुकालागि करिअर काउन्सेलिङ पेभिलियनको व्यवस्था गरेर एक्स्पो अवधिभरमा करिव २५ सय विद्यार्थीलाई करिअर काउन्सेलिङ गर्ने लक्ष्य राखेको छ ।
त्यती मात्र नभएर शिक्षीत जनशक्तिाकालागि एक्स्पोले उद्यमशिलताको इकोशिष्टम प्रवर्धन गर्ने उद्देश्यले व्यवसायीक विकासका सबै सेवाहरु, बिटुबि, बजार, प्रविधि, गुणस्तर, मानव श्रोत र सिपका साथै साना घरेलु कृषि उद्योग लगायत सबै प्रकारका बिषयहरु समेटिएको यस एक्स्पोमा विद्यार्थीहरुका लागी गाईडेड टुरको व्यवस्थापन गरेको छ ।
एक्स्पोले विशेष गरेर विद्यार्थीहरुकालागि बिटुबि पेभिलियन र यस अन्तरगतका विभिन्न कार्यक्रमहरु, स्टार्टअप पेभिलियनमा रहेको भिजन कोशी ह्याकाथन, रोजगार कोशी पेभिलियनमा रहेको करिअर काउन्सेलिङ, श्रमको माग र आपूर्तिकको श्रृङ्खला बुझाउने कक्ष, जब ब्रिज, लाइभ तालिम अवलोकनका बारेमा छुट्टा छुट्टै छलफल तथा जानकारी गराउने छ ।
त्यसैगरि, डिजिटल पेभिलियनमा भएका नविनतम प्रविधिहरु, उद्योग कृषि पर्यटन सेवा लगायतका उत्पादन वस्तु तथा सेवाहरुका बारेमा जानकारी तथा अवलोकनको अवसर प्रदान गरिने छ । हरेक पेभिलियनमा रहेका कर्मचारीहरुले आवश्यक जानकारी गराउने छन भने हरेक दिन बिशेष आकर्षकका रुपमा सम्बन्धीत क्षेत्रका विज्ञहरुलाई आमन्त्रण गरि साक्षात्कार गर्ने तथा प्रवचन समेत गराईने छ ।
प्लस टु र त्यो भन्दा माथी अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरिएको यस कार्यक्रम अन्तरगत प्रत्येक दिन ५ वटा कलेजका प्रति कलेज ५० जना विद्यार्थीहरुको समुहलाई सम्बन्धीत कलेजले सहभागी गराउन आब्हान एक्स्पोले गरेको छ । हरेक दिन बिहान १० बजेदेखि १२ बजेसम्म दैनिकरुपमा सञ्चालन हुने यस कार्यक्रममा एक्स्पोले प्रवेश निशुल्क गर्ने छ । एक्स्पो अवधीभर २५ सय विद्यार्थीलाई करिअर काउन्सेलिङ गरेर स्वदेशमै रोजगारी गर्न आकर्षित गर्ने आयोजक उद्योग संगठनको लक्ष्य छ ।
गुणस्तरिय व्यवस्थापन प्रणाली स्वः परिक्षणको व्यवस्था
विराट एक्स्पोले नयाँ लगानीकर्ताले उद्योग व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने गुणस्तरीय व्यवस्थापन प्रणालीका वारेमा जानकारी दिने छ । त्यसकालागि आयोजक उद्योग संगठन मोरङले सुरु गरेको क्युसेफ व्यवस्थापन मापदण्ड प्रणालीको सुरुवाती चरण अन्र्तगत एक्स्पो स्थलमा गुणस्तरीय व्यवस्थापन प्रणाली र स्वः परीक्षणको व्यवस्था गरेको छ ।
एक्स्पोमा उद्योगी व्यवसायीले आफ्नो उद्योग, औद्योगिक प्रतिष्ठानहरुको गुणस्तर मापदण्ड प्रणाली अनुसार कस्तो अवस्थामा छ, अनुपालना गर्नु पर्ने प्रावधानहरुको पालना भएको छ छैन लगायत समग्र आफ्नो उद्योगको अवस्था एवं क्षमताका बारेमा स्वः गुणस्तरिय व्यवस्थापन प्रणालीको परिक्षण गर्न सक्ने छन ।
एक्स्पो अवधिमा डिजिटल प्लेटफर्म मार्फत आफै मोबाइल मार्फत आफ्नो उद्योगको व्यवस्थापकिय क्षमताका आँकलन गर्ने र त्यसको नतिजा तुरुन्त प्राप्त गर्ने व्यवस्था एक्स्पोले मिलाईएको छ । यो स्वः परिक्षण नतिजाले गुणस्तर मापदण्डको प्रमाण पत्र प्राप्त गर्न के के गर्नु पर्दछ, कुन कुन बिषयमा क्षमता विकास गर्नु पर्दछ भन्ने बारे जानकारी उपलब्ध गराउने छ । यो प्लेटफर्म संगठनले सुरु गरेको क्युसेफ व्यवस्थापन मापदण्ड प्रणालीको प्रारम्भिक चरण भएको उद्योग संगठनले जनाएको छ ।