logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • १६ उद्योगले आइपिओ ल्याउँदै, यी हुन प्रिमियममा सेयर निष्कासन गर्ने कम्पनी

    १६ उद्योगले आइपिओ ल्याउँदै, यी हुन प्रिमियममा सेयर निष्कासन गर्ने कम्पनी

    385
    Shares
    १६ उद्योगले आइपिओ ल्याउँदै, यी हुन प्रिमियममा सेयर निष्कासन गर्ने कम्पनी

    काठमाडौं । विभिन्न १६ उद्योगहरुले साधारण सेयर (आइपिओ) निष्कासन गर्न लागेका छन् । उत्पादन तथा प्रशोधन कम्पनीहरुले २२ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ बराबरको ९ करोड ६ लाख ५५ हजार ६ सय ८४ कित्ता आइपिओ निष्कासन गर्न लागेका हुन् ।

    उद्योगहरुले आइपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डमा आवेदन दिने मध्ये पाँच उद्योगहरुले प्रिमियम मूल्यमा आइपिओ ल्याउन लागेका हुन् ।

    प्रिमियममा आइपिओ ल्याउने तयारीमा रहेका उद्योगहरुमा शंकर ग्रुपको जगदम्बा स्टिल लिमिटेड रहेको छ । जगदम्बाले प्रतिकित्ता ३ सय रुपैयाँ थपेर ४ सय रुपैयाँमा आइपिओ ल्याउन बोर्डमा आवेदन दिएको छ ।

    यस्तै सौर्य सिमेन्ट उद्योग लिमिटेडले प्रतिकित्ता २ सय ६४.५१ रुपैयाँ प्रिमियम थपेर आइपिओ ल्याउन लागेको छ । मारुती सिमेन्ट लिमिटेडले प्रतिकित्ता ३ सय ७७ रुपैयाँ प्रिमियम थपेर आइपिओ ल्याउन लागेको हो ।

    रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले पनि प्रतिकित्ता २ सय १४.१० रुपैयाँ प्रिमियम थपेर आइपिओ ल्याउन लागेको छ भने अम्बे स्टिल लिमिटेडले प्रतिकित्ता ३ सय ३ रुपैयाँ प्रिमियम थपेर आइपिओ ल्याउन लागेको हो । पछिल्लो समय प्रिमियम मूल्य र बुकबिल्डिङ आइपिओ निष्कासन विवादित बन्दै आएको छ ।
    यस्तै एभरेष्ट कलर लिमिटेडले प्रतिकित्ता ५० रुपैयाँमा आइपिओ ल्याउन बोर्डमा आवेदन दिएको छ ।

    एसवाइ प्यानल लिमिटेड, स्मार्ट डोर्स लिमिटेड, पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेड, लक्ष्मी टेक्नोप्लास्ट लिमिटेड, श्री डिष्टिलरी लिमिटेड, सोपान फर्मास्युटिकल्स लिमिटेड, एक्कर्ड फर्मास्युटिकल्स लिमिटेड र सागर डिष्टिलरी लिमिटेडले अंकित मूल्यमा आइपिओ ल्याउन बोर्डमा आवेदन दिएका छन् ।

    यस्तै ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आइपिओ निष्कासन गर्न बोर्डले अनुमति दिइसकेको छ । आइपिओ चाँडै निष्कासन गर्ने तयारीमा बोर्ड रहेको छ । ओम मेगाश्रीले अंकित मूल्य १ सय रुपैयाँमा आइपिओ निष्कासन गर्न लागकोे हो ।

    चालू आर्थिक वर्षको ६ महिनामा चार कम्पनीहरुले आइपिओ ल्याउन अनुमति पाइसकेका छन् । यी मध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बोर्डबाट आइपिओ ल्याउन स्वीकृति पाइसकेका छन् । यी मध्ये गार्डियनले आइपिओ निष्कासन गरिसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend