logo

२०८१ माघ १८ शुक्रबार

logo
  • शुक्रबार, १८ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    नारायणी अस्पतालमा ५ सय शैय्याको भवन निमार्णको माग गर्दै धर्ना शुरु

    नारायणी अस्पतालमा ५ सय शैय्याको भवन निमार्णको माग गर्दै धर्ना शुरु

    154
    Shares
    नारायणी अस्पतालमा ५ सय शैय्याको भवन निमार्णको माग गर्दै धर्ना शुरु

    वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा ५ सय शैय्याको भवन निमार्णका लागि दबाब दिन चिकित्सकहरु धर्ना बसेका छन् ।

    आज बिहानबाट वीरगञ्जको नारायणी अस्पताल भवन निर्माण संघर्ष समिति धर्नामा बसेको हो ।

    निर्माणको लागि टेण्डर भएपनि लामो समयदेखि निर्माण कार्य शुरु नभएको हुनाले बाध्य भएर धर्ना कार्यक्रम गर्न लागिएको संघर्ष समितिका संयोजक डा. निरजकुमार सिंहले बताए ।

    उनकाअनुसार विगत लामो समयदेखि प्रयासरत रहँदा पनि नारायणी अस्पतालको भवन निमार्ण हुन सकेको छैन । तर नेपालका अन्य केन्द्रीय अस्पतालहरुमा ५ सय शैय्याको भवन निमार्ण भई कार्य सञ्चालन समेत भइसकेको बताए ।

    नारायणी अस्पताल, वीरगञ्जको हाताभित्र ५ सय शैय्याको नविन भवन निमार्णका लागि दबाब दिन आज बिहान ११ बजे शान्तीपूर्वक धर्नामा बसी बिरोध गरेको सिंहले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend