logo

२०८१ माघ १८ शुक्रबार

logo
  • शुक्रबार, १८ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    प्रचण्डमाथि खनिए प्रधानमन्त्री : ‘अरुको गाडी जलाएर आफू गाडी चढेर तमासा हेर्नुभो'(भिडियो)

    प्रचण्डमाथि खनिए प्रधानमन्त्री : ‘अरुको गाडी जलाएर आफू गाडी चढेर तमासा हेर्नुभो'(भिडियो)

    3.9K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले गरेको हड्तालले जनतालाई दुःख दिएको बताएका छन् ।

    अखिल नेपाल किसान सङ्गठनले बिहीबार आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष ओलीले भने, ‘गरीबको तरकारी फ्याँकेर उहाँहरुले महान् आन्दोलन सफल पार्नुभयो । एउटी बूढी आमाले डोकामा ल्याएको टमाटर सडकभरि फ्याँकेर क्रान्तिकारिता देखाउनुभयोे ।’

    प्रचण्ड र नेपालले अरुको गाडी जलाएर आफू गाडी चढेर जनताले दुःख पाएको ‘तमासा’ हेर्दै हिँडेको उल्लेख गर्दै उनले भने, ‘एक जना गाडीमा र अर्को एक जना मोटरसाइकलमा हिँड्दै जनताले कति दुःख पाए भनेर रमिता हेर्दै हिँड्नुभयो ।’

    ओलीको भनाई थियो, ‘उहाँहरु आक्रमक ढङ्गले आउनु हुन्छ । नियम तोड्न खोज्नु हुन्छ । धाकधक्कु लगाउनुहुन्छ । नियय र कानून मान्दिन भन्नुहुन्छ । प्रमुख जिल्ला अधिकारी (सिडियो) र प्रहरी नायब उपरीक्षक (एसपी) लाई हप्कीदप्की गर्नु हुन्छ । यो गलत हो । म आग्रह गर्न चाहान्छु कि तपाईँहरु कानूनको पालना गर्नुहोस्  । राष्ट्रसेवकलाई हप्कीदक्पी नगर्नुृहोस् ।’

    किसानका समस्या समाधान गर्नेमा सरकार गम्भीरतापूर्वक लागेको उउनको भनाइ छ । पार्टी अब आन्तरिकरुपमा सुदृढ हुँदै शुद्धीकरण र विस्तारित हुने उनको भनाइ छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend