स्काइडाइभ गरिरहेको समयमा एक युवकले उनकी प्रेमिकालाई विवाहको प्रस्ताब राखेका छन् । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा उनीहरुले स्काइडाइभको मज्जा लिइरहेको देख्न सकिन्छ ।
त्यहि बेला प्रेमिकाले आइ लभ यु भन्छिन् र ती युवकले पनि आफनो मुखमा राखेको औँठी निकाल्दैँ वील यु म्यारि मि भनेर औँठी दिन्छन् । उनको प्रेमिका पनि खुशी हुँदै प्रस्तावलाई स्वीकार गरेकी छिन् । प्रस्ताव स्वीकार गरे सँगै उनी खुशीले चिच्याएका छन् । यस भिडियोले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई इमोसनल बनाएको भने प्रतिक्रिया दिइरहेका छन्।
@wingmanskydive My girlfriend had no idea what I was planning. I decided the best place for her ring would be in my mouth so she couldn’t see #marriage #skydive
यो छोटो क्लिपलाई एक विंगम्यानस्काइडाइभ नामक इन्स्टाग्राम प्रोफाइलमा पोस्ट गरिएको थियो । उनको इनस्टाग्राम वायो अनुसार यी युवक पेशाले पाइलट हुन् । यस भिडियोलाई लाखौँले हेरिरहेका छन् र खुशी व्यक्त गदेँ बधाई दिरहेको छ। एजेन्सी