logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • १ अर्ब लगानीमा निर्माणधीन सिद्धार्थ केबुलकारको काम अन्तिममा, असारदेखि सञ्चालन हुने

    १ अर्ब लगानीमा निर्माणधीन सिद्धार्थ केबुलकारको काम अन्तिममा, असारदेखि सञ्चालन हुने

    5.1K
    Shares
    १ अर्ब लगानीमा निर्माणधीन सिद्धार्थ केबुलकारको काम अन्तिममा, असारदेखि सञ्चालन हुने

    काठमाडौं । पछिल्लो समय नेपालमा केबुलकार निर्माण बढ्दै गएको छ । आधा दर्जन केबुलकार सञ्चालनमा आइसकेका छन् भने त्यति नै संख्यामा निर्माण भइरहेका छन् । रुपन्देहीको बुटवलमा पनि निजी लगानीमा केबुलकार सञ्चालन हुने भएको छ । बुटलबमा आइएमई ग्रुपले बुटबल केबुलकार सञ्चालन गरिरहेको छ ।

    यस्तै सिद्धार्थ केबुलकार लिमिटेडले आउँदो असारसम्म बुटबलमा केबुलकार सञ्चालनको योजना सार्वजनिक गरेको छ । केबुलकार परियोजना बनाउन १ अर्ब ३ करोड ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसमा ५३ करोड रुपैयाँ बैंकको ऋण र बाँकी ५० करोड ३० लाख रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी भएको छ । ५१ प्रतिशत ऋण र बाँकी ४९ प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ ।

    अहिलेसम्म केबुलकारको ९० प्रतिशत भौतिक र ८९ प्रतिशत वित्तीय प्रगति भएको सिद्धार्थले जनाएको छ । सिद्धार्थले ७५ करोड ऋणको रेटिङ गराएको छ । समय लम्बिएकाले केबुलकारको लगानी बढ्ने देखिएको छ ।

    भवन, रेस्टुरेन्ट र सेभिनियर सप पूर्वाधारको काम सकिएको छ । यस्तै गोन्डोलाहरूको जडान पुरा भइ परीक्षणको प्रक्रियामा रहेको छ । केबुलकार परियोजना गौतमबुद्ध अन्तर्राष्ट्रि विमानस्थलबाट २७ किलोमिटर र सिद्धार्थ राजमार्गबाट १.५ किलोमिटरको दुरीमा छ ।

    केबुलकारको डिजाइन, निर्माण कोलाकाताको कन्भेयर एन्ड रोप वे सर्भिसले गरेको हो ।

    सिद्धार्थले सन् २०२४ को जुलाईको मध्यअघि नै केबुलकार सञ्चालन सुरु गर्ने अपेक्षा गरेको छ । आयोजना कार्यान्वयनको अन्तिम चरणमा रहेको छ । पर्यटन, उत्पादन र व्यापारसहित विभिन्न पृष्ठभूमिबाट व्यक्तिगत प्रमोटरहरूको समूहद्वारा सञ्चालित कम्पनीको बोर्डमा नौ सदस्यहरू छन् । जसको अध्यक्षता राजेन्द्रसिंह गुरुङले गरेका छन् ।

    बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ र २ स्थित देउरालीडाँडामा केबुलकारको प्रस्थान बिन्दु राखिएको छ । १.९४ किलोमिटर लम्बाइको यो केबुलकार पाल्पाको नुवाकोटसम्म जाने छ ।

    केबुलकारको प्रस्थान बिन्दु (पहिलो स्टेसन) देउरालीडाँडामा मनोरम सिद्धार्थ गार्डेन र छ वटा कमलका फूलसहितको पार्क निर्माण गरिएको छ । माथिल्लो स्टेसन पाल्पाको नुवाकोटमा सातौँ पाइलासहितका संरचना निर्माण भइसकेको छ । त्यहाँ ५० फिट अग्लो सिद्धार्थ गौतमबुद्धको मूर्ति निर्माण हुन बाँकी छ । मूर्ति तयार भइसकेको छ ।
    नुवाकोटमा रिसोर्टसहितका अन्य पूर्वाधार निर्माण हुने भएको छ ।

    सिद्धार्थ केबुलकारको २०७७ फागुन ९ गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए ।

    सिद्धार्थ केबुलकार सन् २०११ मा स्थापना भएको हो । प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न २०२३ मा पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend