logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • आगामी बजेटका बारेमा प्रदिप पौडेलले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

    आगामी बजेटका बारेमा प्रदिप पौडेलले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

    897
    Shares
    आगामी बजेटका बारेमा प्रदिप पौडेलले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

    काठमाडौं । सांसद एबं कांग्रेस नेता प्रदिप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आगामी बजेटमा समाबेश गर्नुपर्ने बहुबर्षिय योजनाका बारेमा ध्यानाकर्षण गराएका छन् ।

    सरकारले आगामी बर्षको बजेट ल्याउने तयारी गरिरहदा नेता पौडेलले बजेटमा समाबेश गर्नुपर्ने योजनाका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

    नेता पौडेलले भने, ‘काठमाडौं उपत्यकाका एवं सिंगो राष्ट्रका आम नागरिकका जीवनसँग प्रत्यक्ष जोडिएका योजनाहरू सरकारको नीति तथा कार्यक्रमका बहुवर्षे आयोजनाका रूपमा सूचिकृत गराई तत्काल कार्यन्वयनका लागि आवश्यक बजेटको विनियोजन गरिदिनका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको छु ।’

    सांसद पौडेलले शिवपुरी राष्ट्रिय निकुञ्ज जलाधार क्षेत्र भित्रका मुहान पोखरी, विष्णु पादुका र चन्डेश्वोरीमा रहेका खानेपानीका स्रोतहरू संकलन गर्न एकीकृत पानी संकलन केन्द्र तथा ट्याङ्की निर्माण गरि वितरणका लागि शिवपुरी खानेपानी राष्ट्रिय गौरव परियोजनालाइ बहुवर्षे आयोजनाका रूपमा सूचिकृत गराई बजेटको विनियोजन गर्न माग गरेका छन् ।

    तेस्तै रिङरोड दोश्रो खण्ड कलंकी देखि धोबीखोला चाबहिल विस्तार परियोजना,विष्णुमती नमूना करिडोर राष्ट्रिय गौरव परियोजना,टुकुचा खोला ढल व्यवस्थापन र टोखा नपा वडा नं २ मा रहेको भुतखेलमैदान खेलकुद विकास योजनालाइ आगामि बजेटमा पार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको सांसद पौडेलले जानकारि दिए ।

    उक्त आयोजनाहरु सम्बन्धित क्षेत्रका नागरिकहरु, सरकारी संस्थाका प्रतिनिधिहरु तथा विज्ञहरुसँगको परामर्श गरेर तय गरिएको उनको भनाइ छ । आयोजनाहरुको कार्यान्वयन पश्चात खानेपानीको तथा धुवाधुलोको समस्या हल गर्न, राजधानीको वातावरण स्वच्छ राख्न लगायत सहज सडक प्रणालीले नागरिकहरुको समय बचत गर्न तथा समग्रमा जीवनस्तर माथि लैजान महत्वपूर्ण हुने पौडेलले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend