काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र विप्लव समूहबीच भएको सहमतिमा हतियार बुझाउने बुँदा खोई ? भनी प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री समक्ष प्रश्न गरेका हुन् । उनले भनेका छन् ‘प्रचण्ड आउँदा खोलाले बगायो थोरै हतियार, विप्लव आउँदा पुरै ? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ?’
उनले सिंगो देशले यो प्रश्नको जवाफ खोजिरहेको पनि उल्लेख गरेका छन् ।
साथै उनले लेखेका छन् ‘सहमतिलाई स्वागत, ०२८ मा केपि–सिपि, ०५२ मा प्रचण्ड–बाबुराम, अहिले विप्लव–प्रकाण्ड ‘रेड बुक’, नाम र काम उस्तै, परिणाम उस्तै । नेपालको पुरै कम्युनिस्ट आन्दोलनलाई आजको मितिमा केवल एक प्रश्नः कम्युनिस्ट दर्शनका नाममा कोहि नेपाली अब मारिने छैनन्, साझा उद्घोष गर्ने बेला भएन कमरेडहरु ?’
प्रचण्ड आउँदा `खोलाले बगायो´ थोरै हतियार,
विप्लव आउँदा पुरै ? राज्यलाई हतियार बुझाउने चौथो बुंदा खोइ @PM_Nepal ?सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ !!
— Bishwa Prakash शर्मा (@bishwaprakash77) March 5, 2021
याे पनि पढ्नुहाेस् ।
सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीबीच सहमतिमा हस्ताक्षर