logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • नेपालमा फेरि बन्दुक उठ्न सक्छ : मोहन वैद्य 

    नेपालमा फेरि बन्दुक उठ्न सक्छ : मोहन वैद्य 

    2K
    Shares

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नरहेको बताएका छन् ।  
    आइतबार नेकपा(क्रान्तिकारी माओवादी) सम्बद्ध जवस तथा मोर्चाहरुले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा बोल्दै महासचिव वैद्यले नेपालमा क्रान्ति पुरा नभएकाले शान्तिको सम्भावना नरहेको बताएका हुन् । क्रान्ति गरेपछि मात्रै शान्ति आउने भन्दै उनले नेपालमा बन्दुक उठ्ने दाबी समेत गरे । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि सबै पार्टीहरु संसदवादी मुलधारमा आएको अभिव्यक्ति दिएको प्रति टिप्पणी गर्दै महासचिव वैद्यले क्रान्तिकारीहरु संसदवादी मुलधारमा नभएको र आफुहरुले वर्तमान व्यवस्था नमान्ने पनि बताए । 

    उनले भने, ‘प्रधानमन्त्रीजीले दुईवटा कुरा भन्नुभयो । एउटा कुरा के भन्नुभो भने अब सब संसदवादी मुलधारमा आए भन्नुभो । यो झुठ हो । सरासर झुठ हो । संसदवादी मुलधारमा छैनन् यि क्रान्तिकारीहरु । हामी छैनौँ । यो व्यवस्थालाई मान्दैनौँ । त्यसकारण संसदीय मुलधारमा जाने कुरा आउँदैन । क्रान्ति गर्नुपर्छ । पहिलो कुरा त्यो हो । दोस्रो कुरा, अब शान्तिको नयाँ युग शुरु भो भन्नुभयो । यो पनि झुठ हो । विप्लवजीहरुले सम्झौता गर्न बित्तिकै शान्तिको युग वहाँहरुले भनेजस्तो शुरु भएको छैन । यहाँका समस्याहरु हुन, जबसम्म समाधान हुँदैन तबसम्म शान्तिको युग शुरु हुँदैन । सत्ताधारी वर्गले जनतालाई शोषण, उत्पीडन, दमन गर्ने यि कम्युनिष्ट नामधारीहरु शहिदको रगतको आहालमा डुबेर सत्तामा जाने, अनि शान्ति कसरी हुन्छ ? शान्तिको संविधान छैनन् । शान्तिको युग क्रान्ति गरेपछि आउँछ । बन्दुक उठाएपछि के हुन्छ ? बन्दुक उठ्छ ।’ 

    महासचिव वैद्यले मजदुर, किसान, महिला, दलित, आदिबासी जनजाति, मधेसी, लगायतको समस्या समाधान नभएको भन्दै समस्या समाधानको निम्ति क्रान्तिको तयारी गर्नुपर्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend