काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच धुम्बाराहीमा भएको भेटवार्ता सकिएको छ ।
छलफलमा ओली पक्षबाट नेताहरु ईश्वर पोखेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ थिए । नेपालको तर्फबाट नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी थिए ।
सर्वोच्चले नेकपा खारेज गरेर एमाले ब्युँताएपछि ओली र नेपालबीच भेटवार्ता हुन सकेको थिएन । ओली पक्षले निर्वाचित कमिटीहरू भंग गर्दै महाधिवेशनको मिति समेत तोकेपछि दुई पक्षबीच तिक्तता बढेकाे छ ।