logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • धुम्बाराहीमा ओली-नेपालबीच छलफल, झलनाथ खनाल अनुपस्थित 

    धुम्बाराहीमा ओली-नेपालबीच छलफल, झलनाथ खनाल अनुपस्थित 

    2.3K
    Shares

    काठमाडाैं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपाल पक्षबीच छलफल भएकाे छ । पार्टी कार्यालय धुम्बाराहीमा साेमबार भइरहेकाे छलफलमा माधव नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनाल भने सहभागी छैनन् ।

    चैत्र ७ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा एमालेका शीर्ष नेताहरूबीच छलफल भएको हो । प्रतिनिधिसभा विघटन भएपछि ओली र नेपालबीच यसरी औपचारिक छलफल भएको थिएन । 

    छलफलमा ओली पक्षबाट नेताहरु ईश्वर पोखेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ छन् । नेपालको तर्फबाट नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend