logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • ओली-नेपाल वार्ता : आ-आफ्नै अडानका कारण निष्कर्षविहीन

    ओली-नेपाल वार्ता : आ-आफ्नै अडानका कारण निष्कर्षविहीन

    2.1K
    Shares

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समूहबीचकाे वार्ता निष्कर्षविहीन टुंगिएकाे छ । 

    वार्तामा नेपाल पक्षले फागुन २८ गतेको वालुवाटारबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको छ । बैठकपछि नेपाल पक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेकाे जानकारी दिए ।

    तर प्रधानमन्त्री ओली भने २८ गतेका निर्णय फिर्ता गर्ने पक्षमा नरहेकाे नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

    फागनु २८ गते पार्टी अध्यक्ष ओलीले पदाधिकारीहरुलाई हटाएका थिए । नेकपामा भएका पदाधिकारी हटाएर माओवादीका केही नेताहरुलाई जिम्मेवारी दिएका थिए ।

    फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले ब्युताइदिएपछि ओली समूह र माधव नेपाल समूह अलग–अलग भएका थिए ।

    एमालेमा विवाद चर्किएको बेला आज ओली र नेपालबीच दोस्रो तहका नेताहरुलाई साथमा राखेर छलफल भएको थियो ।

    भेटवार्तामा ओली पक्षबाट नेताहरु ईश्वर पोखेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ थिए । नेपालको तर्फबाट नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend