logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • चुनावका बेला प्रचण्ड नेतृत्वको पार्टीमा विलिन हुने माधव नेपाल पक्षको रणनीति : गाेकुल बाँस्काेटा 

    चुनावका बेला प्रचण्ड नेतृत्वको पार्टीमा विलिन हुने माधव नेपाल पक्षको रणनीति : गाेकुल बाँस्काेटा 

    2.2K
    Shares

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले चुनावका बेला प्रचण्ड नेतृत्वको पार्टीमा विलिन हुने रणनीति माधव नेपाल पक्षको रहेको आरोप लगाएका छन् ।

    मंगलबार समाजिक सञ्जालमार्फत बाँस्काेटाले यस्ताे आराेप लगाएका हुन् । प्रधानमन्त्री ओली र माधव नेपाल पक्षबीच सोमबार वार्ता भएकाे थियाे । वार्ता सकारात्मक नभएपछि बाँस्कोटाले एमालेमा बस्न टिक्न दिइएन भनेर चुनावकाे बेलामा प्रचण्डकाे पार्टीमा विलिन हुने रणनीति माधव पक्षकाे रहेकाे आराेप लगाएका हुन् ।

    उनले ४ गतेकाे भेला किन ? भन्ने प्रश्न पनि गरेका छन् ।

    उनले लेखेका छन् ‘माधव रणनीति स्पष्ट छ, गुट भेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने, संसदमा १०/२० जनाले फ्लो क्रस गरेर कारवाही भोग्ने अनि हामीलाई बस्न टिक्न दिइएन भनेर कुर्लिने र चुनावछेक नेपाल कम्फरटेबल पार्टीमा विलिन हुने । स्पष्ट अब अरु हुनुपर्छ जो अझै अलमलमा छन् । नत्र ४ गते भेला किन ?


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend