काठमाडाैं । राष्ट्रपतिप्रति असन्तुष्ट भए पनि सबै दल सर्वदलीय बैठकमा जाने भएका छन् ।
प्रतिनिधिसभा विघटनलगायतका विषयमा प्रधानमन्त्री ओलीकाे साथ दिएकी भण्डारीप्रति अधिकांश राजनीतिक दलका नेताहरु असन्तुष्ट छन् । असन्तुष्ट भए पनि सर्वदलीय बैठकमा भने उपस्थित हुने नेताहरुले बताएका हुन् ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बैठकमा आह्वान गरिएको छ ।
बैठक मंगलबार अपराह्न ४ बजे शीतलनिवासमा बस्नेछ । बैठकमा पछिल्लाे समयकाे राजनीतिक विषयवस्तुमा केन्द्रित हुने बताइएको छ ।
याे पनि पढ्नुहाेस् ।