काठमाडाैं । नेकपा एमालेको माधव नेपाल पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने भएका छन् ।
नेपाल पक्षले चैत ४ र ५ गते आफू पक्षीय कार्यकर्ताहरुको राष्ट्रिय भेलाको आयोजना गरेकाे छ । भेलामा दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागिता हुने नेता याेगेश भट्टराईले जानकारी दिएका हुन् ।
उक्त भेलामा कमिटी र मञ्चका सदस्यहरु, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिवहरु, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखहरु, जनसंगठन तथा पेशागत संगठनका केन्द्रीय सचिवालयका सदस्यहरुका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरु गरी दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागिता हुनेछ ।
यो समूहले भोलि र पर्सि आयोजना गरिएको गुट भेला पार्टी एकताकै लागि भएको दाबी पनि गरेको छ ।
याे पनि पढ्नुहाेस् ।
ओलीलाई भट्टराईकाे आग्रह : भेलाकाे प्रमुख अतिथि तपाईँ आफैँ बन्नुहाेस्