logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • ओलीलाई भट्टराईकाे आग्रह : भेलाकाे प्रमुख अतिथि तपाईँ आफैँ बन्नुहाेस्

    ओलीलाई भट्टराईकाे आग्रह : भेलाकाे प्रमुख अतिथि तपाईँ आफैँ बन्नुहाेस्

    2.8K
    Shares

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शान्तिकाे भाषा बाेल्न नेकपा एमाले माधव समूहको प्रचार विभाग प्रमुख याेगेश भट्टराईले आग्रह गरेका छन् । मंगलबार ललितपुरमा माधव समूहले गरेकाे पत्रकार सम्मेलनमा भट्टराईले बालुवाटारबाट ओलीले अहिले शक्तिकाे भाषा बाेलिरहेकाे र याे भाषा बदल्न आग्रह गरेका हुन् । 

    उनले भने ‘अहिले बालुवाटारबाट ओलीले शक्तिकाे भाषा बाेलिरहनु भएकाे छ । सबैभन्दा पहिला त भाषा बदलेर शान्तिकाे भाषा बाेल्न आग्रह गर्दछु ।’ उनले ओलीले ‘राष्ट्रिय कार्यकर्ता भेलामा नजर लगाउनु’ भनेकाे अभिव्यक्तिकाे प्रतिक्रियामा काे–काे नजर लगाउन आउनुहुन्छ, उहाँहरु सबैलाई स्वागत गरिने पनि बताए । 

    उनले कार्यकर्ता भेलाकाे प्रमुख अतिथि बन्न ओलीलाई आग्रह पनि गरे । उनले भने ‘याे भेला तपाईँकाे हाे । तपाईँ नै प्रमुख अतिथि बन्नुहाेस् । तपाईँले कसैलाई खटाइरहनु नै पर्दैन आफैँ आउनुस् नजर लगाउन ।’

    भट्टराईले केपी ओलीको कारबाही भोग्न आफूहरु तयार रहेको पनि बताए । 

    भट्टराईले उत्तर कोरियाली नेतृले अमेरिकाप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिको प्रसंग सम्झदै भने, ‘म पार्टीको तर्फबाट र प्रतिनिधिसभा सदस्यको तर्फबाट प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्षलाई भन्न चाहान्छु, दुई वर्ष बालुवाटारमा चयनका साथ बस्नुस् । यो बारुदको गन्ध नफैलाउनुस् ।’

    यस अघि मंगलबार नै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षको राष्ट्रिय कार्याकर्ता भेला पार्टीविरोधी रहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न हुनेलाई संविधान,कानून र पार्टीको विधान बमोजिम कारबाही गर्ने चेतावनी दिएका थिए ।

    माधव नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला आह्वान गरेकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend