logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • खनाल–नेपाल पक्षका नेता तथा कार्यकर्ता भन्छन् – हामीलाई कारवाही गर्ने केपी ओलीको हैसियत के ? 

    खनाल–नेपाल पक्षका नेता तथा कार्यकर्ता भन्छन् – हामीलाई कारवाही गर्ने केपी ओलीको हैसियत के ? 

    3.1K
    Shares

    काठमाडौं । नेकपा एमालेका माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेलामा बुधबार सहभागी नेता तथा कार्यकर्ताले केपी ओलीले आफूहरुलाई कारवाही गर्ने हैसियत नभएको बताएका छन् । 

    नेकपा एमालेका सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तले केपी ओलीसँग आफूहरुलाई कारवाही गर्ने नैतिक हैसियत नभएको बताएका छन् । बुधबार हेरिटेज गार्डेनमा उपस्थित नेता पन्तले भने, ‘उहाँहरुसँग कारवाही गर्ने नैतिक हैसियत नै छैन । देशभरिका नेता कार्यकर्ता तथा सम्पूर्ण पार्टी पंक्ति यहाँ उपस्थित हुनुहुन्छ । उहाँहरुसँग के हैसियत छ ? 

    प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले पार्टी विभाजन गर्न खोज्नेलाई कारवाही गर्ने कि पार्टी एकता गर्न खोज्नेलाई कारवाही गर्ने ? भन्ने प्रश्न गर्दै उनले भने, ‘नेकपा एमालेलाई विघटन गर्ने अधिकार कसैलाई छैन । यसलाई सुदृढ गर्ने यसलाई समृद्ध बनाउने दिशामा हाम्रो ध्यान केन्द्रित हुनेछ ।’ 
    यस्तै युवा संघ केन्द्रिय सदस्य रचना खड्काले गुुटको भेलामा नजान भनेर इश्वर पोखरेलहरुले भनेपनि उनीहरुले पहिले नै गुटको भेला गरिसकेकाले आफूहरुले बुधबारको भेला गरेको बताइन् । उनले भनिन्, ‘उहाँहरुले भेलामा नजान भन्नुभो, कारवाही गछौँ भन्नु भो । के के भन्नुभो भनेर बाहिर आएको छ । त्यो उहाँहरुले पहिले नै गरिसक्नुभएको छ । त्यो गरेको हुनाले हामीले यो भेलाको आयोजना गरेका हौं ।’ 

    राष्ट्रिय भेलामा उपस्थित युवा संघका एक नेताले केपी ओलीले विधि मिचेर महाधिवेशनबाट निर्वाचित भएका नेताहरुको जिम्मेवारी खोसेर फागुन २८ गते नै पार्टी फुटाइसकेको बताए । उनले भने, ‘उहाँले फागुन २८ गते पार्टी फुटालिसक्नुभयो । यदि केपी ओलीले एमाले फुटाउन चाहँदैनन् भने आत्मालोचना गर्दै २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्छ ।’  
                  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend