काठमाडौं। नेकपा एमालेले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रको नेतृत्वको सरकार रहेको छ।
१० जना सांसदको उपस्थितिमा बसेको दलको वैठकले उक्त निर्णय गरेको एमाले संसदीय दलका नेता यामलाल कंडेलले जानकारी दिए।
बैठकले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन समेत दिएको छ। त्यस्तै अनुपस्थित नेपाल पक्षीय सांसदसँग स्पष्टीकरण माग्ने निर्णय पनि बैठकले गरेको कंडेलले बताए ।