काठमाडाैं । वर्तमान राजनीतिक परिस्थितिका बारेमा एमाले नेता तथा निवर्तमान सांसद मोहन बानियाँले नेकपा एमालेकै माधव नेपाल आफ्नाे घर भत्काएर प्रधानमन्त्री बन्न खाेजेकाे आराेप लगाएका छन् । अहिलेकाे राजनीतिक परिवेशका बारेमा सुनाैलाे नेपालकाे स्टुडियाेमा काङ्ग्रेस नेता तथा पूर्व सांसद रामहरी खतिवडासँग गरिएकाे बहसमा बानियाँले यस्ताे आराेप लगाएका हुन् ।
बानियाँले प्रधानमन्त्री केपी शर्मा ओली भिजन भएकाे नेता भएकाे पनि बताएका छन् । कांग्रेस नेता खतिवडाले भने बानियाँका कुराकाे खण्डन गरेका छन् । उनले प्रधानमन्त्री ओलीले असंवैधानिक र अलाेकतान्त्रिक काम गरेकाे भनी टिप्पणी पनि गरेका छन् ।
हेर्नुहाेसु भिडियाे :