logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • क्रिकेटबाट सन्यास लिएपछि पारसले भने– अवसर पाए राजनीति गर्छु 

    क्रिकेटबाट सन्यास लिएपछि पारसले भने– अवसर पाए राजनीति गर्छु 

    2.1K
    Shares

    काठमाडौं।  अन्तर्राष्ट्रिय खेलबाट सन्यास घोषणा गरेको दोस्रो दिन नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अवसर पाएमा आफू राजनीतिमा लाग्न सक्ने बताएका छन्। 

    मंगलबार सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका पारसले बुधबार पत्रकार सम्मेलन गर्दै आफुले तत्काल नेपाली क्रिकेटलाई कसरी अघि बढाउन सकिन्छ भन्नेमा ध्यान केन्द्रित गरेको तर अवसर पाए राजनीति गर्ने बताएका हुन्।

    ‘यदि राइट अपरच्युनिटी आयो भने राजनीतिमा पनि हुनसक्छु। आगामी दिनमा अवसर आउँछ भने त्यो पनि किन नहुनु। पारसले क्रिकेटलाई कुनै ठाउँमा पुर्याउन सबै लाग्नु पर्ने र मेरो पहिलो प्राथमिकता पनि क्रिकेट नै राम्रो होस् भन्ने नै हो,’ पारसले भने।

    उनले अहिले नै उचित समय लागेर आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट राजीनामा दिएको पनि बताए। ‘यो राइट टाइम भनेर अनाउन्समेन्ट गरेको हो। नेपाली क्रिकेट टिम भित्रको वातावरणलाई म सधैँ मिस गर्नेछु,’ पारसले भने।

    उनले आगामी दिनमा क्रिकेटलाई कसरी राम्रो गर्न सकिन्छ भनेर क्यानसहितका अधिकारीलाई सल्लाह लिने पनि बताए।

    उनले आगामी दिनमा मौका मिले क्यानमा कुनै भूमिका निर्वाह गर्न सक्ने पनि बताए। पारसले आफुले छिट्टै क्रिकेट एकेडेमी सञ्चालन गर्न लागेको जानकारी दिँदै एकेडेमीलाई देशभर विस्तार गर्ने पनि बताए।

    सफल पारसको अप्रत्यासित सन्यास : अब क्रिकेटर होइन व्यवस्थापक 

    paras21.jpg
      


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend