logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • काँग्रेस महाधिवेशनः सभापतिमा कसैले पाएनन् बहुमत,अब देउवा र कोइराला भिड्ने

    काँग्रेस महाधिवेशनः सभापतिमा कसैले पाएनन् बहुमत,अब देउवा र कोइराला भिड्ने

    1.9K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसके पछि दोस्रो चरणको मतदान हुने भएको हो । 

    पहिलो चरणमा देउवाले २२५८ मत पाए । यस्तै, डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरे । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २४९ मत पाउँदा कल्याण गुरुङले २० मत प्राप्त गरे । बहुमतको लागि देउवालाई ८२ मत पुगेन भने कोइरालालाई ६११ मत पुगेन ।  

    कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेकामा ४ हजार ६७९ मत खसेको थियो । जितका लागि २३ सय ४० मत ल्याउनुपर्ने छ । अब दोस्रो चरणमा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीचमात्र प्रतिस्पर्धा हुनेछ ।

    कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ । कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनेछ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend