logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • देउवाले ल्याए ४८.२३ प्रतिशत मत 

    देउवाले ल्याए ४८.२३ प्रतिशत मत 

    3.2K
    Shares

    काठमाडौं । नेपाली कांग्रेस सभापतिमा पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा कुनै पनि उम्मेदवारले बहुमत अर्थात ५० प्रतिशत मत कटाउन नसक्दा पुनः दोस्रो चरणको चुनाव हुँदैछ । 

    कांग्रेस विधान अनुसार सभापतिका लागि ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यदि ५० प्रतिशत नकटेमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच दोस्रो चरणमा चुनाव हुने व्यवस्था छ ।

    मंगलबार बिहान सार्वजनिक मतपरीणाम अनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले थप ८३ मत ल्याउन नसक्दा दोस्रो चरणको चुनाव हुने भएको हो । 

    सभापतिका लागि कुल  ४ हजार ६८१ मत खसेको थियो । जसमा ७७ मत बदर भएको छ ।  मतपरीणाम अनुसार देउवाले २ हजार २५८ अर्थात ४८.२३ प्रतिशत मत प्राप्त गरे ।

    उनका निकटतम प्रतिस्पर्धी शेखर कोइरालले १ हजार ७२९ अरथात २६.९३ प्रतिशत मत पाएका छन् ।

    बाँकी तीन उम्मेदवारले ८ प्रतिशत मत पनि पुर्‍याउन सकेका छैनन् । प्रकाशमान सिंहले ३ सय ७१ अर्थात् ७.९२ प्रतिशत मत पाउँदा विमलेन्द्र निधिले २४९ अर्थात् ५.३१ प्रतिशत मतमा चित्त बुझाएका छन् ।

    सभापतिका अर्का प्रतिस्पर्धी कल्याण गुरुङले जम्मा २० मत प्राप्त गरेका छन् । जुन ०.०४ प्रतिशत मात्र हो । 

    देउवा र कोइरालाबीच दोस्रो चरणमा चुनाव हुने भएपछि निर्वाचन समिति आन्तरिक तयारीमा जुटेको छ । मतदानको समय तय भइसकेको त छैन तर आज मंगलबार नै मतदान हुने भनिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend