logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • हार्ने चुनाव नलड्ने मुडमा शेखर कोइराला

    हार्ने चुनाव नलड्ने मुडमा शेखर कोइराला

    3.8K
    Shares

    काठमाडौँ –  नेपाली कांग्रेसको सभापति चयनका लागी हुने दोश्रो चरणको  निर्वाचनमा शेखर कोइरालाले चुनाव नलड्ने पक्षमा देखिएका छन्।  

    दोश्रो चुनावमा प्रकाशमान सिंह र सुजाता कोइरालाले शेरबहादुर देउवालाई समर्थन गरेपछि र निधिले समेत देउवालाई समर्थन गर्ने सम्भावना बलियो बनेपछि शेखर कोइराला आफु स्वतः हार्ने  चुनावमा नजाने मुडमा देखिएका हुन्।

    श्रोतका अनुसार प्रकाशमान सिंहको समर्थनसंगै लोकप्रिय नेता विश्वप्रकाश र सुजाताको  देउवालाई स्वतः समर्थन जाने  भएपछि आफु चुनावमा जानु उपयुक्त नभएको कोइरालले बताउन थालेका छन्।  

    कोइरालले  हार्ने चुनावमा जान्न भनेपछि  कोइरालासंग होटल मेरिटमा  कोइराला पक्षका नेताहरु छलफलमा जुटेका छन् । छलफलमा डा मीनेन्द्र रिजाल, गगन थापा लगायत शेखर काेइराला समूहका नेता सहभागी छन्। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend