logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • भारी मतान्तरका साथ काँग्रेस सभापतिमा देउवा विजयी

    भारी मतान्तरका साथ काँग्रेस सभापतिमा देउवा विजयी

    3.9K
    Shares

    काठमाडौँ –  नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् । 

    दोश्रो चरणमा भएको मतदानमा निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई पराजित गर्दै देउवा सभापति बनेका हुन्।  

    बुधबार बिहान सम्पन्न मतगणनाबाट देउवा ९०७ मतान्तरका साथ सभापतिमा विजयी भएका हुन् । 

     सोमबार पहिलो चरणमा भएको मतदानमा ४ हजार ६७९ मत खसेकामा मंगलबार घटेर ४५७४ मत खसेको  थिए ।  काँग्रेसमा कुल मतदाता ४ हजार ७४३ जना भएपनि बाँकी अनुपस्थित भएका थिए । मतपरिणामअनुसार देउवाले २७२४ मत पाउँदा कोइरालाले १८१७ मत प्राप्त गर्दै ९०७ मतान्तरका साथ बिजयी भएका थिए  । यस्तै ३३ मत बदर भए  । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend