काठमाडौँ – शिक्षक सेवा आयोगले रिक्त रहेका शिक्षक दरबन्दीमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
बुधवार एक विज्ञापन जारी गर्दै खुला प्रतियोगितामार्फत माध्यमिक तह तृतीय श्रेणीमा पदपूर्तिका लागि ठुलो संख्यामा शिक्षक कर्मचारीको खुला विज्ञापन गरेको छ।
आयोगले एक हजार ५ सय ४४ शिक्षकको लागि आगामी चैत १५ गते परीक्षा सञ्चालन गर्नेगरी रिक्त स्थानमा पदपूर्तिका लागि दरखास्त गरेको हो। आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिन आयोगले जनाएको छ।
नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका जम्मा एक हजार ५४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ।
हेर्नुहोस् बिज्ञापन