काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अस्थिरताको संवाहक शक्तिको रुपमा चित्रण गर्नु भएको छ ।
अध्यक्ष ओलीले प्रचण्ड र नेपालकै कारण मुलुक स्थिरता र स्थायित्वतर्फ केन्द्रित हुन नसकेको दावी समेत गर्नु भयो । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बुधबार आयोजित पार्टीका मनोनित केन्द्रित सदस्यहरुको सपथग्रहण कार्यक्रममा बोल्दै उहाँले कतिपय बाह्य शक्तिले मुलुकमा नियन्त्रित अस्थिरता मच्चाउन क्रियाशील रहेको र त्यसको संवाहक शक्तिको रुपमा भने प्रचण्ड र नेपालले काम गरिरहेको आरोप लगाउनु भयो ।
अध्यक्ष ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने यस्ता तत्वहरुसँग एकता गरेर जाने अवस्था नरहेको पनि बताउनु भयो । उहाँले उनीहरुको कनेक्सन कहाँ छ ? भन्ने कुरा पनि आफूहरुलाई थाहा भएको बताउनु भयो । अध्यक्ष ओलीले माओवादीले जनयुद्ध भनेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम विगतमा पनि गरेको जिकीर गर्नु भयो । उहाँले भन्नु भयो, ‘अहिले राष्ट्र दुई ध्रुवमा विभाजित हुँदै गएको छ । यसलाई अलि समन्वयात्मक ढंगले सुव्यवस्था, सुशासन र समृद्धि तर्फका हाम्रा प्रयासहरुमा सिंगो देश केन्द्रित हुनु पर्दथ्यो । स्थिरता र स्थायित्वतर्फ सिंगो देश केन्द्रित हुनु पर्दथ्यो । तर भएन, भएको छैन र यतापटि जाने स्थिति पनि देखिदैन । किनभने अस्थिरता मच्चाउने खोज्ने शक्तिहरु क्रियाशील छन । नियन्त्रित अस्थिरता । खुलस्त भनिराखेका छन– कतिपय शक्तिहरुले नियन्त्रित अस्थिरता । हाम्रो नीति हो, नेपालको सन्दर्भमा । त्यो भनिराखेका छन र त्यसका लागि र ती कामहरु गर्ने शक्ति चाँही यहाँ छ । नियन्त्रित अस्थिरताका संवाहक शक्तिहरु । अस्थिरता मात्रै क्रियट गर्न खोज्ने, ती शक्तिहरु छन ।
अहिले ती शक्तिहरुमा सबभन्दा चर्कोगरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी । सबभन्दा अहिले अस्थिरताका संवाहक तत्वहरु यिनै हुन । यसमा कुनै भ्रम राख्नु पर्दैन र अझै कतिपय साथीहरुमा कम्युनिष्ट एकता । यस्ताहरुअस्थिरताका शक्तिहरुसँग एकता गरेर कहीँ पुगिन्छ ? त्यो एकीकरण सम्भवनै छैन । हामीले राम्ररी चिनिसकेका छौं–यिनको कनेक्शन कहाँ छ ? तार कहाँ जोडिएको छ ? कहाँबाट स्विच अन अफ हुन्छ । यो हामीेले देखेका छौं । छर्लङगैं देखेका छौं । महान जनयुद्ध भनेर युवा र जनताहरुलाई, महिलाहरुलाई दूर्गम ठाउँहरुबाट उरालियो । सुगम ठाउँहरुबाट उरालियो । युवाहरु ज्यान दिन तयार भए । होमिए । परिवर्तन भनेर । हतियार कहाँबाट आयो ? त्यतापटिट फर्किएर हेर्न दिइएन । एउटा सेन्टिमेन्ट ल्याइयो । तर यति बुझिएन, यति हेरिएन । कहाँबाट कसले हतियार दिँदैछ नेपालमा ? अस्थिरता ल्याउनलाई ।
नेपालमा जनयुद्ध नामको सफल हुँदैनथ्यो किनभने सफल गर्न सुरु गरेकै होइन । त्यो त अस्थिरता क्रियट गर्न, त्यो त एउटा बार्गेनिङ चिप्स हो । गोडाको लगाम आफ्ना हातमा हुन्छ नि । लगाम हातमा राख्ने एउटा विधि हो । त्रसित, अशान्त, अस्तव्यस्त बनाई दिने र आफ्नो दुनो सोझ्याउने नीति अन्तरगतका कुराहरु भए । बाहिरका अरु देशका तालिक केन्द्रहरुमा तालिम दिईन्थ्यो बकाईदा । कुनै कथा त होईन नि । तालिम लिएर आएका साथीहरु त छदैछन । तर त्यतिबेला महान क्रान्तिको सेन्टिमेन्ट त्यतातिर लगियो । बुझ्न उनीहरुले राम्ररी पाएनन् । के गर्न खोजिदैछ त ? र मामुली कर्मचारीहरु, मामुली पेड मान्छेहरु नेता भए । धोकापूर्ण ढंगले । र देशले अलि दुःख पायो ।’
अध्यक्ष ओलीले प्रचण्डले सेयर बजार ध्वस्त बनाउनेगरी अभिव्यक्ति दिँदा पनि कोही नबोलेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सेयरवालाहरुले चन्दा नदिएपछि उनीहरुलाई ध्वस्त बनाउने गरी प्रचण्डले सो अभिव्यक्ति दिएको अध्यक्ष ओलीको गम्भिर आरोप छ । सेयर लगानीकर्ता र सामान्य जनताको लगानी जे सुकैहोस् तर देशलाई बर्बाद पार्ने काममा प्रचण्डहरु लगातार लागि रहँदा पनि कसैले विरोध समेत नगरेको उहाँले बताउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘प्रचण्डले यो सेयर बजारको सन्दर्भमा बडा क्रान्तिकारी साम्राज्यवाद विकसित भयो भने सेयर बजार हुन्छ रे । साम्राज्यवादको विकसित रुपचाँही लेलिनभन्दा पनि अलि बढि नै जान्ने भएछन–दुई स्टेप । पूँजीवाद विकसित रुप भएर साम्राज्यवाद हुन्छ लेनिनले भनेका थिए । त्यो भन्दा माथि गएर साम्राज्यवाद विकसित भयो भने सेयर बजार हुन्छ भनेर प्रचण्डल नयाँ थेसिस ठोक दिए ।
दुई दिनमा सेयर बजार धरासायी । त्यसले जनताको जीवनमा कति असर हुन्छ, सेयर लगानीकर्ताहरुको अवस्था कस्तो हुन्छ ? तिनीहरुको आर्थिक स्थिति के हुन्छ ? केही पनि मतलव छैन । अर्थतन्त्रको केही पनि मतलव छैन । कुन सेयरवालाले चन्दा दिएनन होला, त्यही भएर उनले त्यसलाई ध्वस्त बनाउने त्यसो भने । न रहे बास, न बजे बाँसुरी भनेर बजाए । यदि हामीले त्यस्तो गर्थेऊ भने सडक तात्थे, माईतीघरले पुग्दैन थियो । सञ्चार माध्यामहरुमा आगो बल्थ्यो । शान्त छ । चुपचाप । शान्त । आराम । आनन्द छ सबलाई । कोही बोल्दैनन् । किनभने यहाँ अस्थिरता क्रियेट गर्ने, अस्थिरता बनाउने देशमा । ध्वस्त पारिरहने । यता विगार्ने, उता विगार्ने, यता उठाएजस्तो गरिदिने, उता भत्काई दिने । यो खालको सिलसिला चलिराखेको हुनाले । यस्तो बोलिरहनु परेन ।’
अध्यक्ष ओलीले पार्टीका नेताहरुलाई सही विचार, व्यवहार र कार्यशैली अवलम्बन गर्दै देश र जनताको सेवामा समर्पित भएर लाग्न सचेत गराउनु भयो ।