logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • उपसभापतिमा कडा प्रतिस्पर्धा, २३०० मत गणना हुँदा कसको कति ?

    उपसभापतिमा कडा प्रतिस्पर्धा, २३०० मत गणना हुँदा कसको कति ?

    1.4K
    Shares

    काठमाडौं, मंसिर २९ ।  नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । 

    हालसम्म २३०० मतपत्र गन्दा अग्रतामा रहेका विजयकुमार गच्छदारले  ६६० मत, पूर्णबहादुर खड्काले  ८४० मत, चन्द्र भण्डारीले ८७० मत र धनराज गुरुङले ९६०  मत प्राप्त गरेका छन् ।  एउटा मतपत्रमा दुई भोट हुन्छ ।

    यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् । महेश आचार्य भने स्वतन्त्र उठेका छन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend