logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • पर्यटन मन्त्री आलेको उद्घोष : गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट १० दिन भित्र क्यालिब्रेशन फ्लाईट

    पर्यटन मन्त्री आलेको उद्घोष : गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट १० दिन भित्र क्यालिब्रेशन फ्लाईट

    2.7K
    Shares

    संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आठ महिना भित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने बताएका छन्  । 

    मन्त्री आलेले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको १० दिन भित्र क्यालिब्रेशन फ्लाईट गर्ने जानकारी  दिए  । शुक्रबार काठमाडौंमा आयोजित वायु सेवा संचालक संघ, नेपालको २१ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले व्यवसायीहरुको योगदानकै कारण नेपालको विमानस्थललगायतका हवाई उडानको क्षेत्रले प्रगति गर्दै गएको पनि स्मरण गराए  । मन्त्री आलेले भने , ‘हामी करिव ७ देखि ८ महिनाको बीचमा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाईट गरेर छिट्टै संचालनमा ल्याउने तयारी गरिरहेका छौं । त्यतिमात्रै नभएर गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा मलाई लाग्छ, हप्ता, १० दिन भित्र क्यालिब्रेशन फ्लाईट गर्दैछौं । त्यसलाई पनि छिट्टै संचालनमा ल्याउँदैछौं । आज यहाँ आएर भनिरहँदा भनिरहँदा यो जुन व्यवसायमा आदरणीय आवद्ध व्यक्तित्वहरु हुनुहुन्छ । हजारौंलाई रोजगार सृजना गर्नु भएको छ । यो राज्यले गर्न सक्नेभन्दा बढि योगदान यहाँहरुले दिनु भएको छ । यसका लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।’

    मन्त्री आलेले हवाई उडानको क्षेत्रमा काम गर्ने व्यवसायीहरुले हजारौं नागरिकलाई रोजगारीको अवसर दिएर राज्यले भन्दा बढि काम गरेको भन्दै प्रशंशा गरे  । कार्यक्रममा संघका पुनः निर्वाचित अध्यक्ष क्याप्टेन रामेश्वर थापाले अग्रजहरुको योगदानकै कारण नेपालको हवाई उडानको क्षेत्रले प्रगति गर्न सम्भव भएको  बताए । उनले हप्ता दिनसम्म पनि हवाई उडान भर्नका लागि टिकट पाउने नसक्ने पीडाबाट मुक्ति दिलाउने सफलता आजको दिनमा मिलेको पनि  बताए ।

    कार्यक्रममा हवाई उडानको क्षेत्रका योगदान दिएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend