काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले जनआन्दोलन २०६२/६३ का जिउँदो शहीद मुकेश काफ्ले र माओवादी आक्रमणमा मेरुदण्ड भाँचिएर जीवन संघर्ष गरिरहेका दिपेन्द्र गिरीलाई ओछ्यानमै पुगेर भेटेपछि नेकपा माओवादी केन्द्रलाई तनाब भएको छ।
परिवर्तनका संवाहक घाइते र शहिदलाई बेवास्ता गर्ने गरेको आरोप लाग्ने माओवादीलाई विश्वप्रकाश शर्माले पिडितहरुलाई घरको ओछयानमै पुगेर भेटेपछि नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला कमिटी अध्यक्ष रुकु चौलागाईले अतिरञ्जित र भ्रामक प्रचार गरेको भन्दै बिज्ञप्ति नै जारी गरेका छन्।
बिज्ञप्तिमा अध्यक्ष चौलागाईले दिपेन्द्र गिरीको मेरुदण्ड भाँचिनुमा माओवादी आक्रमणको संलग्नता पुष्टि गर्न चुनौति समेत दिएकी छन् ।
उनले दिपेन्द्र गिरीको मेरुदण्ड भाँचिनुमा माओवादीको कुनै संलग्नता नरहेको र उनी आफ्नै पारिवारिक दुर्घटनामा परी जनयद्धुको नाममा द्धन्द्धपीडितको नाममा अनुचित लाभ लिइरहेको भन्दै उल्टै आरोप लगाएकी छन्।
भेटेपछि जारी बिज्ञप्तिमा उनले जिम्मेवार राजनीति नेताबाट सस्तो लोकप्रियताका लागि भ्रामक कपो कल्पित र अतिरन्जित गरेको आरोप शर्मालाई लगाएकी छन् ।
यस्तो छ बिज्ञप्ति