काठमाडौं । नेपाली कांग्रेस सिद्धार्थनगर नगर कमिटी उपसभापति किरण घिमिरे पक्राउ परेका छन्। उनलाई किन नियन्त्रणमा लिइएको हो भन्ने बारे भने प्रहरीले सार्वजनिक गरेको छैन।
सिद्धार्थनगर वडा नम्बर ७ का वडा सदस्यमा निर्वाचित जनप्रतिनिधिसमेत रहेका पौडेललाई नियन्त्रणमा लिनुको कारणबारे प्रहरी प्रवक्ता रुपन्देहीका डीएसपी नवरत्न पौडेलले स्पष्ट खुलाउन चाहेनन्। नियन्त्रणमा लिइएको पुष्टि गर्दै उनले नियन्त्रणमा लिनुको कारण भने पछि खोलिने जानकारी दिएका छन्।
उनीमाथि अहिले अनुसन्धान भइरहेकाले नियन्त्रणमा लिनुको कारण अनुसन्धानपछि मात्रै सार्वजनिक गरिने उनको प्रतिक्रिया छ।
प्रहरी स्रोतले भने एक महिलामाथि जवर्जस्तीकरणीको उद्योगअन्तर्गत घिमिरेलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ। एक महिलाले आफूमाथि घिमिरेले जवर्जस्तीकरणीको प्रयास गरेको भन्दै प्रहरीमा तीन दिन अघि जाहेरी दिएकी थिइन्।