नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुला महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार डा डिला संग्रौलाले सर्वाधिक मतका साथ अग्रता कायम गरेकी छन् ।
पछिल्लो परिणामअनुसार २०६५ मतगणना हुँदा संग्रौलाले १२६८ मत प्राप्त गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । पार्टी मुख्यालय सानेपामा जारी गणनामा दोस्रोमा रहेकी पुष्पा भुसालले ११९६ मत पाउँदा आरजु राणा १११६ मत पाएर तेस्रो स्थानमा छिन् ।
शीर्ष ९ भित्र क्रमश अम्बिका बस्नेत ९९८, ईश्वरी न्यौपाने ९८५, सरिता प्रसाईं ९४९, रमा कोइराला ८१३, सुशीला ढकाल ७९४ र रंगमति शाही ७८० छन् । यसअघि शीर्ष ९ भित्र रहेकी अनिता देवकोटा १० नम्बरमा छिन् ।
खुला महिला केन्द्रीय सदस्यतर्फ ३० उम्मेदवार रहेकोमा ९ जना निर्वाचित हुनेछन्