logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • कहिले पाउँछन त सेवाग्राहीले स्मार्ट लाइसेन्स ?  

    कहिले पाउँछन त सेवाग्राहीले स्मार्ट लाइसेन्स ?  

    1.4K
    Shares

    काठमाडौं । यातायात व्यवस्था विभागमा स्मार्टकार्ड कार्ड आएको एक महिना बितिसक्दा पनि  छपाइ सुरु भएको छैन । गत मङसीर ८ गते १४ लाख स्मार्टकार्ड विभागमा आईपुगेको थियो । सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु नहुँदा लामो समयदेखि प्रतिक्षारत सेवाग्राहीले लाइसेन्स पाएका छैनन् ।

    पुनः लाइसेन्स छपाइ र वितरणमा समस्या नआउने गरी तयारी गरेकाले केही ढिलो भएपनि अबको केही दिनमै लाइसेन्स छपाइ सुरु गर्ने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए । विभागका अनुसार अबको केही दिनमा दैनिक १० हजार स्मार्ट लाइसेन्स छपाइ सुरु गरिनेछ ।

    १० लाखभन्दा धेरै सेवाग्राही स्मार्ट लाइसेन्सको पर्खाइमा छन् । यस अघि विभागमा स्मार्टकार्ड अभाव हुँदा छपाइ रोकिएको थियो ।पहिला खरिद गरिएका स्मार्टकार्ड सकिएपछि विभागले गत वर्ष टेण्डर आह्वान गरेको थियो । टेण्डर आह्वानपछि विभागले नेपाल फ्रान्स संयुक्त कम्पनी सेल्फलाई ठेक्का दिएको थियो ।

    विभाग र निर्माण कम्पनीबीचको सम्झौता बमोजिम तीन महिनामा १४ लाख स्मार्टकार्ड उपलब्ध गराउनुपर्ने थियो । तर, कोरोना महामारी लगायत विभिन्न कारण देखाउँदै कार्ड ल्याउन नसकिएको विभाग बताउँदै आएको थियो । विभागले हाल ड्राइभिङ पेसामा विदेशिने, विद्यार्थी लगायत अत्यावश्यक चालकहरुलाई मात्रै लाइसेन्स वितरण गरिरहेको छ । 

    पहिले स्मार्ट लाइसेन्स छाप्ने सफ्टवेयर भारतीय कम्पनी मुद्रास सेक्युरिटी पे्रेस प्रिन्टर्सको नियन्त्रणमा थियो । उक्त सफ्टवेयर विभागको नियन्त्रणमा ल्याइएको पनि महानिर्देशक घिमिरेले बताए । उनले अब स्मार्ट लाइसेन्स छाप्ने सफ्टवेयर विभागको नियन्त्रणमा चल्ने भएकाले पनि छपाइमा प्राविधिक समस्या कम हुँदै जाने बताए । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend