logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • कांग्रेस प्रभावशाली नेतृ आरजु र भाजपा नेता विजय चौथाइवालेबीच भेटवार्ता

    कांग्रेस प्रभावशाली नेतृ आरजु र भाजपा नेता विजय चौथाइवालेबीच भेटवार्ता

    2.5K
    Shares

    काठमाडौँ –

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का नेता डा. विजय चौथाइवालेबीच दिल्लीमा भेटवार्ता भएको छ ।

    दुई देशका सत्तारुढ दलका प्रभावशाली नेताहरुबीच भारतको राजधानी नयाँ दिल्लीमा आइतबार भेटवार्ता भएको हो ।

    संविधान सभा सदस्य रहेकी आरजु कांग्रेसको १४ औं महाधिवेशनबाट लोकप्रीय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । चौथाइवाले भाजपाका विदेश विभाग प्रमुख हुन् ।

    कांग्रेस प्रभावशाली नेतृ आरजुसँग भेटवार्ता भएको भारतीय विदेश विभाग प्रमुख चौथाइवालेले ट्वीटरमार्फत् सार्वजनिक गरेका हुन् तर दुई नेताबीच भएको कुराकानीबारे भने केहि खुलाइएको छैन ।

    गुजरातमा हुने भाइब्रेण्ट गुजरात सम्मेलनमा सहभागी हुन भारत सरकारले प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिएको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमण र छलफलका एजेण्डाबारे दुई नेताबीच छलफल भएको हुन सक्ने कांग्रेसका एक नेताले बताए ।

    कांग्रेस नेतृ आरजु व्यक्तिगत भ्रमणका लागि एकसाता अघि दिल्ली पुगेकी थिइन् । दिल्लीमा उपचाररत आफन्तलाई भेट्न आरजु दिल्ली गएको उनीनिकट स्रोतले जनाएको छ ।

    पछिल्लो समय भाजपा र नेपाली कांग्रेस दुबैले सरकार–सरकारबीच मात्र नभएर पार्टीगत सम्बन्ध सुधारमा जोड दिँदै आएका छन् ।

    केहि समयअघि कांग्रेसको निमन्त्रणामा चौथाइवालेसहितको टोली नेपाल आएको थियो । लगत्तै भाजपाले पनि कांग्रेसलाई भारत भ्रमणमा बोलाएको थियो ।

    कांग्रेसका तत्कालीन सहमहामन्त्री डा. प्रकाशरण महत, नेताहरु उदय शम्शेर राणा र अजय चौरासिया भारत पुगेका थिए ।

    अघिल्लो सरकारका पालामा छिमेकी भारतसहितका अन्य मुलुकसँगको सम्बन्धमा खटपट आएकोमा कांग्रेस नेतृत्वको गठबन्धन सरकारले कुटनीतिक सम्बन्ध सुधारलाई प्राथमिकता दिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend