मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

स्थानिय तह निर्वाचनका लागि माधव नेपाल बने कमाण्डर

स्थानिय तह निर्वाचनका लागि माधव नेपाल बने कमाण्डर

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ । शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष माधव नेपालको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी बनाएको हो ।

जसमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, जिल्ला अध्यक्षहरु, जनसंगठनका केन्द्रीय पदाधिकारीहरु रहने छन् ।

त्यस्तै महासचिव बेदुराम भुसालको संयोजकत्वमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेको निर्वाचन परिचालन केन्द्रीय सचिवालय पनि गठन गरिएको एकीकृत समाजवादीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend