logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान शुरू गछौँ: प्रविधिमन्त्री पौडेल

    ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान शुरू गछौँ: प्रविधिमन्त्री पौडेल

    8.1K
    Shares

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान शुरू गरिने बताएका छन् । उनले सो कुरा जुद्धोदय माविको ८३औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।

    मन्त्री पौडेलले आफू पनि सोही विद्यालयको पूर्वविद्यार्थी भएकाले व्यस्त समयका बाबजुद पनि उपस्थित भएको स्मरण गरे । लामो शैक्षिक इतिहास बोकेको जुद्धोदय स्कुल सय वर्ष मात्रै नभई हजारौं वर्षको इतिहास रच्न सकोस् भनी शुभकामना पनि दिए । उनले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रधानाध्यापक र शिक्षकको मुख्य भूमिका हुने उल्लेख गरे ।

    सार्वजनिक विद्यालय बचाउने र सुधार्ने जिम्मा प्रधानाध्यापक र शिक्षकको हातमा रहेको उनको भनाइ थियो । उनले शिक्षण पेसालाई मर्यादित बनायो भने शैक्षिक सुधारमा उल्लेख्य प्रगति हुने बताए । उनले विद्यालयहरूलाई आवश्यक भौतिक पूर्वाधारहरु तयार पार्न लागिपर्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend