logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी

    सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी

    793
    Shares
    सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी

    धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत २ विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी ९कार० निर्माण गरेका छन् । कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन् ।

    २ सय किलोभन्दा बढी भार बोकेर गुड्न सक्ने गाडी २ साता लगाएर तयार पारिएको निर्माणमा संलग्न विद्यार्थी बसौलाले बताए ।कक्षा कोठामा विज्ञान शिक्षकले विद्युतीय गाडीको बारेमा जानकारी दिए, त्यसपछि गाडी निर्माण गर्न सकिन्छ भन्ने लाग्यो ।

    अनि दुवै जना मिलेर गाडी बनाएका हौँ”, अर्का विद्यार्थी अधिकारीले भने, “हामीले कवाडी बनेका गाडीका पार्टपुर्जा प्रयोग गरेर गाडी निर्माण गरेका हौँ ।”

    केही किनेर र केही स्थानीयरुपमा प्राप्त सामग्री प्रयोग गरेर गाडी तयार गरिएको हो । गाडीको क्षमता चालकसहित तीन जना अट्ने रहेको छ । २ सय ५० वाटको २ मोटर र १२ भोल्टको २ ब्याट्री जडान गरिएको सो गाडीलाई एक पटक चार्ज गरेपछि तेर्सो बाटोमा २ घण्टासम्म गुडाउन सकिन्छ । जति बढी भोल्टको ब्याट्री जडान गर्यो त्यति नै बढी भार बोक्न सकिने निर्माणमा संलग्न विद्यार्थीको भनाइ छ ।

    सहयोग प्राप्त भए अहिलेको भन्दा अत्याधुनिक विद्युतीय गाडी निर्माण गर्न सकिने उनीहरु बताउछन् । बसौला र अधिकारीले विद्युतीय गाडी निर्माण गर्ने क्रममा भएको खर्च त्रिपुरासुन्दरी गाउँपालिकाले बेहोर्ने भएको छ ।

    गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले विद्यार्थीको कामले प्रभावित भएको बताए । ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’को बजेटबाट गाउँपालिकाको जुनसुकै विद्यालयका विद्यार्थीको क्षमता वृद्धि गर्न आवश्यक सहयोग गर्ने उनको भनाइ छ ।

    गाउँपालिका र विद्यालयले गाडी बनाउने दुवै विद्यार्थीलाई सम्मान गरेको छ । अध्यक्ष उप्रेतीले उनीहरुलाई नगदसहित सम्मान गरेका हुन्। गाडी प्रदर्शन कार्यक्रममा पुग्नुभएका जनप्रतिनिधि, अभिभावक र शिक्षकलाई बसौला र अधिकारीले कारमा चढाएर घुमाएका थिए ।

    गाडी बनाउनुभन्दा पहिला उनीहरुले वर्षा र बाढी आएको थाहा पाउन सकिने विद्यतीय रोबोट निर्माण गरी प्रदर्शन गरेको विद्यालयका विज्ञान शिक्षक भुवन उप्रेतीले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend